×

NMB BANK
NIC ASIA

क्यान्सर गराउने खानेकुरा, कतै दशैँमा पोलेको मासु त खानुभएन ?

मंसिर २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मानव स्वास्थ्यका लागि क्यान्सर एक खतरनाक रोग हो । शुरूको चरणमा पत्ता लाग्यो भने त क्यान्सर निको हुन सक्छ तर धेरै ढिला गरी थाहा पाइयो भने क्यान्सरले ज्यान लिएरै छाड्छ ।

Muktinath Bank

हिजोआजको प्रदूषित वातावरणमा क्यान्सरजन्य खानेकुराको मात्रा बढ्दो छ । त्यसैले के खाँदा क्यान्सर हुन्छ भन्ने जानिराख्नुमा बुद्धिमत्ता हुन्छ :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोलेको रातो मासु


Advertisment
Nabil box
Kumari

पोलेको खानेकुरा खान मीठो त हुन्छ तर मासु पोल्दा त्यसमा क्यान्सर जन्माउने पदार्थ हेटेरोसाइक्लिक अरोम्याटिक अमिन्स निस्कन्छन् । मजाले रातो मासु पोल्नुभयो भने यसले मासुमा रासायनिक तथा आणविक परिवर्तन ल्याउँछ अनि क्यान्सर जन्माउँछ । कतै तपाइँले यो दशैँमा पोलेको मासुतिर  ध्यान दिइरहनु त भएकाे छैन ?

Vianet communication
Laxmi Bank

माइक्रोवेभ पपकर्न

माइक्रोवेभमा फूल पारेको मकै खाँदा फोक्सोको क्यान्सर हुनसक्ने प्रमाण भेटिएका छन् । सिनेमा हल र मलहरूमा बेचिने पपकर्नमा प्रयोग भएको कृत्रिम बटरमा डायासेटिल हुन्छ जुन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ । तपाईं मकै किनेर बरू आफैंले हाँडीमा भुटेर खानुस् । थुप्रो पैसा तिरेर रोगी पपकर्न किन खानुहुन्छ ?

बट्टाबन्द खानेकुरा

बट्टामा थुनेर राखिएका खानेकुरा हानिकारक हुन्छन् । धेरैजसो बट्टाहरूमा बाइस्फेनोल—ए नामक वस्तुको प्रयोग गरिएको हुन्छ । यो पदार्थले मुसाको दिमागका कोषिका परिवर्तन गरेको पाइयो । प्लास्टिकका धेरैजसो सामान र कतिपय टुथपेस्टमा पनि यो पदार्थ प्रयोग गरिएको पाइयो । यस्तो बट्टाबन्द खानेकुरा खानुभन्दा केही पनि नमिसाइएको ताजा तरकारी खानुस् ।

चिनी

रिफाइन गरिएको चिनी क्यान्सर पैदा गर्ने सबभन्दा ठूलो कारण हो । यस्तो चिनी र यसबाट बनेको खानेकुरा खाँदा शरीरको इन्सुलिनको मात्रा बढ्छ अनि क्यान्सर कोषिकाहरू पनि बढ्छन् । यस्तो चिनी खानुभन्दा त सक्खर, मिश्री वा मह खानु ठीक हुन्छ ।

मैदा
मैदाको पुरी मीठो लाग्छ धेरैजनालाई तर यो खतरनाक पदार्थ हो । पीठोलाई रिफाइन गर्दा सबै पोषक तत्व हराएर जान्छन् । त्यसपछि पनि यसलाई क्लोरिन ग्यासले ब्लिच गराइन्छ किनकि यसो गर्दा बढी सेतो देखिन्छ र ग्राहकलाई आकर्षित गर्न सकिन्छ । मैदामा ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ जसले इन्सुलिन स्तर बढाउँछ अनि शून्य पोषण दिन्छ । चिनीको मात्रा बढाइदिएर शरीरलाई क्यान्सरतर्फ धकेल्ने काम यसले गर्छ ।

खाने तेल
खाने तेल निकाल्नलाई रसायनको प्रयोग गरिन्छ अनि गन्ध र स्वादका लागि अझै बढी रसायन थपिन्छ । त्यसमा बोसो पनि मिसाइएको हुन्छ जसले हाम्रो कोशिकाको मेम्ब्रेनको संरचनालाई परिवर्तन गरिदिन्छ । 

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x