कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मानव स्वास्थ्यका लागि क्यान्सर एक खतरनाक रोग हो । शुरूको चरणमा पत्ता लाग्यो भने त क्यान्सर निको हुन सक्छ तर धेरै ढिला गरी थाहा पाइयो भने क्यान्सरले ज्यान लिएरै छाड्छ ।
हिजोआजको प्रदूषित वातावरणमा क्यान्सरजन्य खानेकुराको मात्रा बढ्दो छ । त्यसैले के खाँदा क्यान्सर हुन्छ भन्ने जानिराख्नुमा बुद्धिमत्ता हुन्छ :
पोलेको रातो मासु
पोलेको खानेकुरा खान मीठो त हुन्छ तर मासु पोल्दा त्यसमा क्यान्सर जन्माउने पदार्थ हेटेरोसाइक्लिक अरोम्याटिक अमिन्स निस्कन्छन् । मजाले रातो मासु पोल्नुभयो भने यसले मासुमा रासायनिक तथा आणविक परिवर्तन ल्याउँछ अनि क्यान्सर जन्माउँछ । कतै तपाइँले यो दशैँमा पोलेको मासुतिर ध्यान दिइरहनु त भएकाे छैन ?
माइक्रोवेभ पपकर्न
माइक्रोवेभमा फूल पारेको मकै खाँदा फोक्सोको क्यान्सर हुनसक्ने प्रमाण भेटिएका छन् । सिनेमा हल र मलहरूमा बेचिने पपकर्नमा प्रयोग भएको कृत्रिम बटरमा डायासेटिल हुन्छ जुन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ । तपाईं मकै किनेर बरू आफैंले हाँडीमा भुटेर खानुस् । थुप्रो पैसा तिरेर रोगी पपकर्न किन खानुहुन्छ ?
बट्टाबन्द खानेकुरा
बट्टामा थुनेर राखिएका खानेकुरा हानिकारक हुन्छन् । धेरैजसो बट्टाहरूमा बाइस्फेनोल—ए नामक वस्तुको प्रयोग गरिएको हुन्छ । यो पदार्थले मुसाको दिमागका कोषिका परिवर्तन गरेको पाइयो । प्लास्टिकका धेरैजसो सामान र कतिपय टुथपेस्टमा पनि यो पदार्थ प्रयोग गरिएको पाइयो । यस्तो बट्टाबन्द खानेकुरा खानुभन्दा केही पनि नमिसाइएको ताजा तरकारी खानुस् ।
चिनी
रिफाइन गरिएको चिनी क्यान्सर पैदा गर्ने सबभन्दा ठूलो कारण हो । यस्तो चिनी र यसबाट बनेको खानेकुरा खाँदा शरीरको इन्सुलिनको मात्रा बढ्छ अनि क्यान्सर कोषिकाहरू पनि बढ्छन् । यस्तो चिनी खानुभन्दा त सक्खर, मिश्री वा मह खानु ठीक हुन्छ ।
मैदा
मैदाको पुरी मीठो लाग्छ धेरैजनालाई तर यो खतरनाक पदार्थ हो । पीठोलाई रिफाइन गर्दा सबै पोषक तत्व हराएर जान्छन् । त्यसपछि पनि यसलाई क्लोरिन ग्यासले ब्लिच गराइन्छ किनकि यसो गर्दा बढी सेतो देखिन्छ र ग्राहकलाई आकर्षित गर्न सकिन्छ । मैदामा ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ जसले इन्सुलिन स्तर बढाउँछ अनि शून्य पोषण दिन्छ । चिनीको मात्रा बढाइदिएर शरीरलाई क्यान्सरतर्फ धकेल्ने काम यसले गर्छ ।
खाने तेल
खाने तेल निकाल्नलाई रसायनको प्रयोग गरिन्छ अनि गन्ध र स्वादका लागि अझै बढी रसायन थपिन्छ । त्यसमा बोसो पनि मिसाइएको हुन्छ जसले हाम्रो कोशिकाको मेम्ब्रेनको संरचनालाई परिवर्तन गरिदिन्छ ।
एजेन्सी
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...