चिनियाँ ट्यांकमा चढेर पाकिस्तानी सेनाप्रमुखले भारतलाई दिए चेतावनी

लद्दाखमा भारत र चीनबीच तनाव जारी रहँदा पाकिस्तानका सेनाप्रमुख जनरल कमर जावेद बाजवाले बुधवार पञ्जाब प्रान्तमा रहेको फिल्ड फायरिङ रेन्जको भ्रमण गरेका छन् । 
 

त्यसैक्रममा उनले चीनमा बनेको तेस्रो पुस्ताको युद्ध ट्यांक भीटी–४ प्रदर्शनको निरीक्षण गरे । 


Advertisement

पाकिस्तानी सेना प्रत्येक नयाँ चुनौती र क्षेत्रीय जोखिमको सामना गर्न तयार रहेको उनले बताए । भारतको नाम नलिइकन उनले देशको सुरक्षा र सम्प्रभुतामा प्रहार गरिएमा कठोर जवाफ फर्काइने बताए । 

चिनियाँ ट्यांक भविष्यमा आक्रामक कारवाहीका लागि अत्यन्तै सहायक हुने जनरल बाजवाले दाबी गरे । यो ट्यांक अत्याधुनिक ट्यांकमध्ये एक हो । यसमा आक्रमणका साथै सुरक्षा र प्रतिरक्षाका सबै उच्च प्रविधियुक्त उपकरण जडान गरिएका छन् । 


Advertisement

जनरल बाजवाले केही दिनअघि जनरलहरूसँग रावलपिण्डीस्थित सेना मुख्य कार्यालयमा बैठक गरे । बैठकमा जनरल बाजवाले पाकिस्तानी सेना रणनीतिक र क्षेत्रीय परिस्थितिलाई ध्यान दिँदै युद्ध तयारीको स्तर बढाउन निर्देशन दिन्छ । 

छिमेकीले लगातार युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि यस्ता कार्य जोखिमका रूपमा रहेको बताए । 

उनले आफूहरू हाइब्रिड वारफेयरको सामना गरिरहेको बताए । पाकिस्तानी सेनालाई बदनाम गर्न तथा अव्यवस्था उत्पन्न गर्न गलत सूचनाहरू फैलाइनुलाई उनले हाइब्रिड वारफेयर भनेका हुन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्