कोरोना स‌ंक्रमणबाट वडाध्यक्षको मृत्यु

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा  उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारूको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए ।


Advertisement

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि कैलाली, अछाम, अर्घाखाँची, सुर्खेत र बर्दियाका  कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्