ट्रेड युनियन निर्वाचन स्थगन गर्ने निर्णयको काँग्रेसद्वारा विरोध

नेपाली काँग्रेस संसदीय दलले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श विना सरकारले आधिकारिक ट्रेड युनियनको घोषित निर्वाचन स्थगन गर्ने निर्णय गरको भन्दै विरोध जनाएको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत लोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न नसक्ने उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निर्वाचन स्थगित गरेको थियो ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्