अब फेरि लकडाउन होला ? यस्तो छ सरकारको तयारी

 कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ ।


Advertisement

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ ।

प्रवक्ता गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बताए । बैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको छ ।


Advertisement

थप एक हजार १७२ जनामा सङ्क्रमण नेपालमा बुधबार थप एक हजार १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै बुधबार नेपालमा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रवक्ता गौतमले देशभर पाँच जिल्लाका एक महिला र छ पुरुष गरी सात जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए।  गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर  लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्