×

NMB BANK
NIC ASIA

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङको बहिर्गमनपछि फेसबूक ट्वीटर लगायत सामाजिक सञ्जालमा विना पूर्वसूचना विद्युत काटिएको गुनासो बढ्न थालेको छ ।

Muktinath Bank

लोडसेडिङलाई 'इतिहास' बनाएका कुलमानको पुनर्नियुक्ति चाहनेको संख्या ठूलै छ । बेलाबेलामा सडकमा कुलमानको पुनर्नियुक्तिलाई लिएर प्रदर्शन पनि हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला आम उपभोक्ताको चासो छ- अब फेरि लोडसेडिङ हुने हो कि ! धेरैले सामाजिक सञ्जालमा लोडसेडिङको युग पुनः शुरूआत भएको भन्दै लाइन काटिएको गुनासो गर्न थालेका छन् ।


Advertisment
Nabil box
Kumari

विद्युत प्राधिकरण बाग्मती प्रदेश कार्यालयका कतिपय शाखामा फोन गरेर बुझ्दा आक्कलझुक्कल विद्युत जाने समस्या देखिएको र उपभोक्ताको गुनासो बढेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

बुधवार बिहानैदेखि कोटेश्वर, पेप्सीकोला र बाग्मती कोरिडोरका कतिपय क्षेत्रमा विद्युत काटियो ।

विद्युत प्राधिकरणको पुरानो बानेश्वर शाखामा फोन गरेर बुझ्दा वर्षातका कारण मर्मत हुन नसकेर विद्युत काटिएको जवाफ आयो ।

नाम उल्लेख नगर्ने शर्तमा त्यहाँका एक कर्मचारीले भने, 'कतिपय ठाउँमा पोलमै चढेर मर्मत गर्नुपर्ने हुन्छ । पानी परेकाले त्यो सम्भव नभएर लाइन गएको हो ।'

उपभोक्ताको गुनासो आउने क्रम बढेको हो भन्ने प्रश्नमा ती कर्मचारीले भने - 'केही दिनयता गुनासो बढेको छ । तर हामीले गुनासोअनुसार तत्काल सम्बन्धित क्षेत्रमा काम पनि गरिरहेका छौं ।'

हामीले बुधवार नै कुलेश्वर क्षेत्रमा पूर्वसूचना नदिइएकनै विद्युत काटिएको सूचना पाएपछि त्यहाँको शाखामा फोन गर्‍यौं । आफूलाई कार्यालय सहयोगी बताउने उत्तम सापकोटाले भने, 'ट्रान्सफर्मरमा लाइन नलागेपछि समस्या देखिएको हो । यसअघि खासै त्यस्तो समस्या थिएन । अहिले काम चलिरहेको छ ।'

रत्नपार्क शाखाका इञ्जिनीयर दीपेन्द्र बुढाथोकीले आफ्नो क्षेत्रमा खासै समस्या नभएको बताए तर गुनासो आउने क्रम भने बढेको उनले स्वीकारे । 'हाम्रोमा विद्युत जाने समस्या खासै छैन, केही प्राविधिक कारणले कहीँ छोटो समयका लागि जान सक्छ । कतिपय ठाउँमा हामीलाई उपभोक्ताले नै विद्युत छैन भनेपछि मात्र थाहा हुने गर्छ । केन्द्रमा बसेर कहाँ विद्युत छ, कहाँ छैन भनेर हेर्न मिल्ने सुविधा छैन । पछिल्लो केही दिन गुनासोको संख्या बढेको छ,' उनले भने ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङ

गुनासाहरू किन बढे ?

पूर्व सूचनाविनै विद्युत काटिएको गुनासो बढ्न थालेको पुष्टि हामीले काठमाडौं उपत्यकामा रहेका विद्युत प्राधिकरणका शाखाहरूबाट पनि गर्‍यौं । अब प्रश्न उठ्छ, प्राधिकरणबाट कुलमानको बहिर्गमनपछि यस्ता गुनासाहरू किन बढे त ? यो प्रश्नको सहज उत्तर अर्को प्रश्नमा लुकेको छ त्यो हो - विद्युत नकाटिएको भए गुनासो किन आउँथ्यो ?

तर यसको अर्को पाटो पनि छ । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका कुलमानले आम जनजीविकासँग जोडिएको लोडसेडिङलाई इतिहास बनाएर देखाए, जुन कुलमानको नियुक्तिभन्दा अघि परिकल्पना गरिएको थिएन । यद्यपि कुलमानको नियुक्तिपछि भारतबाट विद्युत आपूर्ति गर्ने संरचना निर्माणको काम पूरा भइसकेको, नेपालमै पनि ऊर्जा उत्पादन बढेको वास्तविकता पनि सबैका सामू छर्लंग छ । कतिपय विषय विज्ञहरू ऊर्जा उत्पादन बढेर मात्र नभएको बरू त्यसको व्यवस्थापन पक्ष राम्रो भएकाले नेपालमा लोडसेडिङ हटेको तर्क गर्छन् ।

यो समाचार टिप्पणी लेख्ने प्रयोजनका लागि गरिएका केही अध्ययनको निष्कर्षले के भन्छ भने आम जनतामा एकप्रकारको 'कुलमान इफेक्ट' परेको छ । बिजुली बत्तीको अभावमा १८ घण्टा बसेका नागरिकको लोडसेडिङ हटेसँगै सामाजिक मनोविज्ञान परिवर्तन भएको छ ।

कथंकदाचित विद्युत काटियो भने यतिबेला नागरिकहरूले तत्काल प्रतिक्रिया जनाउने गरेका छन् । त्यस्ता प्रतिक्रियाहरू कुलमानले प्राधिकरणको नेतृत्व सम्हाल्दासम्म खासै आउने गरेका थिएनन् । विद्युत लाइन काटिँदा कतै लोडसेडिङ शुरू भइहाल्छ कि भन्ने संशय जनतामा देखिएको छ ।

समन्वयको अभावको प्रश्न !

सामान्यतयाः कुनै पनि संस्थाको नेतृत्व परिवर्तन हुँदा नयाँ आउने व्यक्ति पुरानो प्रणालीसँग त्यति धेरै भिजेको हुँदैन । ४ वर्ष कुलमानले चलाएको संस्थामा नयाँ व्यक्ति आउँदा कतिपय अवस्थामा समन्वयको अभाव एउटा समस्या बनेर आउन सक्छ ।

प्राधिकरणमा समन्वयको अभावका कारण अहिले पहिलाभन्दा बढी मात्रामा विद्युत काटिने समस्या आएको हुन सक्ने सम्भावना रहेको इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक डाक्टर हरि पण्डित बताउँछन् ।

'अहिले जसलाई निमित्त दिइएको छ उनी त निमित्त नै भइहाले,' पण्डितले भने, 'जसरी कुलमानले एउटा कमाण्ड स्ट्याब्लिस गरे, त्यो तहमा अहिले कमाण्ड नभएको हुन सक्छ । यसअघि पनि शुरूमा कुलमानलाई ट्रेड युनियनहरूले नटेरेको जस्तो देखिएको थियो । कुलमानले त्यसलाई पनि व्यवस्थापन गरेका थिए । अर्को कोही भएको भए लोडसेडिङको जड हटाउन सम्भव हुँदैनथ्यो होला ।'

उनले अहिले लाइन जाने समस्या कुलमान नभएकै कारण आएको हुन नसक्ने बताए । 'अहिले कुलमान नभएरै सबै बिग्रन थालेको त नहुनुपर्छ । वर्षातको मौसम छ, ट्रान्सफर्मरहरू बिग्रने हुन सक्छ । तर यस्ता प्राविधिक समस्याहरूलाई कसरी डील गर्ने भन्ने विषय व्यक्तित्वमा पनि भर पर्छ । कतिबेरसम्म बन्छ ? छिटो बनाऊ, भनेर भन्ने मान्छेको अभाव हुन सक्छ । खासमा अहिले मौसम पनि प्रतिकूल छ र प्राधिकरणमा समन्वयको अभाव पनि देखिन्छ,' प्रा.डा. पण्डितले भने ।

प्रतिकूल मौसम !

पछिल्लो २४ घण्टा देशैभर ठाउँठाउँमा वर्षात् भएको छ । त्यसअघि विद्युत आपूर्तिका लागि मौसममा खासै समस्या थिएन । तर ऊर्जा मन्त्रालयले भने प्रतिकूल मौसमका कारण विद्युत जाने समस्या आएको हुनसक्ने बताएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग कुरा गर्दै भने, 'कुलमान गएपछि जसरी विद्युत आपूर्तिमा समस्या आयो भनेर भ्रम फैलाइएको छ, त्यो सत्य होइन । विद्युत आपूर्तिमा धेरै प्राविधिक विषयहरूको संयोजनको आवश्यकता पर्छ । यतिबेला मौसम पनि सही छैन ।'

नाम उल्लेख नगर्ने शर्तमा उनले कुलमान पक्षीय जनमत जबर्जस्ती र प्रायोजित रूपमा सिर्जना गर्न खोजिएको आरोप लगाए । 'उनको बहिर्गमनपछि अर्को कसैले प्राधिकरण धान्न सक्दैन, चलखेल र भ्रष्टाचार हुन्छ भन्ने ट्रेन्ड सेट गर्न खोजिएको छ । हामीले हिजो पनि उत्तिकै काम गरेका छौं र आज पनि गरिरहेका छौं,' उनले भने ।

अहिले विद्युत कटौतीको समस्या किन बढिरहेको छ त त्यसो भए भन्ने प्रश्नलाई उनले प्रायोजित प्रश्न भनी कुनै जवाफ दिन चाहेनन् । 'तपाईं यति बुझ्नुस्, यतिबेला तपाईं नै एमडी भएको भए या म भएपनि विद्युत कटौतीको समस्या रोकिनेवाला छैन,' उनले ठोकुवा गरे ।

मौसमलाई देखाएर विद्युत कटौतीको अभ्यास !

अहिले निमित्त कार्यकारी निर्देशक भएर प्राधिकरणमा आएका लेखनाथ कोइरालाले मर्मत, मौसम र प्राविधिक कमजोरीका कारण लाइन जाने गरेको र त्यसलाई खासै ठूलो रूपमा नलिन भन्दै कर्मचारीहरूलाई ब्रिफिङ गर्ने गरेका छन् ।

प्राधिकरणका एक कर्मचारीले भने, 'प्राविधिक समस्या देखाएर विद्युत कटौतीको अभ्यास शुरू भएको हो कि भन्ने लागेको छ । पोहोर यही समयमा यस्ता समस्याहरू देखिने गरेका थिएनन् ।' उनले वर्षातको समयमा सबैभन्दा बढी विद्युत आपूर्ति हुने भन्दै अहिले जे कारण देखाइए पनि त्यो गलत रहेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाले कुलमानको बहिर्गमनपछि विद्युत प्राधिकरणको व्यवहार फरक भएको दाबी गरे ।

'जतिसुकै प्राविधिक समस्या आएको भएपनि अहिले नेविप्राको एटिट्युड बदलिएको छ,' बानियाले लोकान्तरसँग भने, 'त्यो एटिट्युड कुलमान जानेबित्तिकै हामीले फील गरेका छौं ।'

उनले अन्य देशमा उद्योग कलकारखानालाई बढी मूल्य र आम जनतालाई कम मूल्यमा विद्युत बेचिने गरेको प्रसंग सुनाए । 'नेपालमा भने ठ्याक्क उल्टो छ । जनतामाथि बढी चार्ज लगाइएको छ भने उद्योग कलकारखानालाई कम चार्ज छ । यतिबेला ठूला उद्योग कलकारखानाहरू लाइनमा बसेका छन्, हामीलाई बढी विद्युत आपूर्ति गरिदेऊ भनेर । कोरोनाका कारण तहसनहस भएका छौं भन्ने उनीहरूको तर्क छ । नयाँ नेतृत्व आएपछि नेविप्राले उता धेरै विद्युत दिएर दिनको केही घण्टा लोडसेडिङ घोषणा गर्न सक्ने सम्भावना पनि देखिन्छ,' बानियाले भने ।

प्राधिकरण व्यवस्थापनको प्रश्न !

नेपाली कांग्रेसका नेता तथा पूर्व जलस्रोतमन्त्री लक्ष्मण घिमिरेले नेविप्राको व्यवस्थापनमा कुलमानले राम्रो भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । घिमिरेले लोकान्तरसँग भने, 'लोडसेडिङ हट्नुका धेरै कारणहरू छन्, कुलमान एक्लैले हटाएको होइन । तर कुलमानसँग व्यवस्थापकीय कुशलता थियो । यो तथ्यलाई सबैले स्वीकार्नुपर्छ ।'

उनले कतिपय अवस्थामा बढाइचढाइ पनि गरिएको बताए । 'लोडसेडिङ हटाउन एक व्यक्ति मात्र काफी थिएन । हामीले पहिल्यैदेखि धेरै नीति र कार्यक्रम बनायौं । म आफैं जलस्रोतमन्त्री हुँदा यससम्बन्धी धेरै काम गरेको छु । ढल्केबर-मुज्जफरपुर प्रसारण लाइन बनाउने काम मेरै कार्यकालबाट शुरू भएको थियो । अहिले त्यसमार्फत् भारतबाट विद्युत आएको छ । त्यसैले एक्लैले सबै क्रेडिट खानुपर्छ भन्ने होइन ।'

निसन्देह कुलमान अन्य भन्दा बढी खट्ने गर्दथे । उनले कामलाई कामका रूपमा मात्र नलिएर आफ्नो सामाजिक दायित्वका रूपमा बढी लिए । उनको दैनिकी अस्तव्यस्त थियो । उनी जति खट्ने व्यक्ति प्राधिकरणले अहिले पाउन मुश्किल छ । उनको खटाइलाई लिएर धेरै समाचार बनेका छन् । हिउँदका कतिपय महिनामा राति १२ बजेसम्म पनि भारप्रेषण केन्द्र स्यूचाटारमा बसेर कमाण्ड सम्हालिरहेका हुन्थे ।

के कुलमान एउटा भ्रम मात्र हुन् त ?

कुलमानको पक्षमा सामाजिक सञ्जालमा जसरी प्रचार गरिएको छ त्यसलाई फगत एउटा भ्रम मान्छन् जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ । लोकान्तरसँगको संक्षिप्त कुराकानीमा उनले अहिले विद्युत कटौती भएको विषय निसन्देह एउटा भ्रम भएको बताए ।

'अहिले जसरी विद्युत कटौती भयो, त्यो पहिला पनि हुन्थ्यो तर मान्छेलाई चासो थिएन,' श्रेष्ठले लोकान्तरसँग भने, 'मेरो कार्यालय कमलपोखरीमा हरेक दिन लाइन जाने समयको अभिलेख छ । त्यो अभिलेखमा अहिले मात्र बढी विद्युत कटौती भएको भन्ने देखिन्न ।'

श्रेष्ठले यदि कुलमान कुशल व्यवस्थापक भइदिएको भए आफ्नो अनुपस्थितिमा काम गर्ने चुस्त व्यक्ति तयार गरेर राखेको हुनुपर्ने तर्क गरे । 'अहिले कुलमान प्राधिकरणबाट हटेपछि जसरी उनको देवत्वकरण गर्न खोजिएको छ, त्यो गलत छ । त्यसो भए उनको अनुपस्थितिमा काम गर्ने उत्तिकै सक्षम अर्को व्यक्ति खै ? यो समग्र प्रणालीको कुरा पनि हो, सक्षम संस्थागत प्रणाली किन विकास नगरेको ?' श्रेष्ठले प्रश्न गरे ।

उनले प्राधिकरणको खर्च बढेको, उपभोक्तामाथि दोहन गरेर घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएको, विद्युत महसूल बढेको, मिटर रिडिङ गर्न आउँदा उपभोक्तामाथि थप चार्ज लगाइएको जस्ता तथ्यहरूले कुलमानले राम्रो गरे भन्ने भनाइ भ्रम मात्र रहेको पुष्टि गर्ने आरोप लगाए ।

श्रेष्ठ मात्र होइन, यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली निकटका केही व्यक्तिहरूले पनि कुलमानले सबै गरेको भन्दै प्रायोजित भ्रम फैलाएको दाबी गर्छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा कुलमानको वाहवाही गर्नेहरू 'एकपाखे' भएको अभिव्यक्ति दिएका छन् ।  

केही दिनअघि पूर्व ऊर्जामन्त्री राधा ज्ञवालीले पनि यतिबेला प्रायोजित ढंगले कुलमानको वाहवाही गरिएको दाबी गरेकी थिइन् । रेल्वे कम्पनीको महाप्रबन्धकमा सरकारबाट नियुक्ति पाएका गुरु भट्टराई पनि कुलमानप्रति असहिष्णु देखिन्छन् ।

बेकामे हटलाइन नम्बर !

विना पूर्वसूचना विद्युत काटिएको गुनासो बढेपछि ऊर्जा मन्त्रालयले लोडसेडिङ नभएको स्पष्ट पार्दै समस्या आए मन्त्रीको सचिवालयमा फोन गर्न आग्रह गर्‍यो । ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले यस्तो समस्या आएमा दुईवटा हटलाइन नम्बर ९८५११०९८३५ या ११५१ मा फोन गर्न आग्रह गरे । तर यो समाचार टिप्पणी तयार गर्ने क्रममा दुवै हटलाइन नम्बरमा २० पटकभन्दा बढी फोन सम्पर्क गर्ने प्रयास गरिएको थियो तर फोन लागेन ।

भट्टले ३ दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए 'यदि कतै पूर्वजानकारी विना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छ । सम्पर्कका लागि मन्त्रीज्यूको सचिवालयको हटलाइन नम्बर–११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सक्नुहुनेछ ।'

लोडसेडिङ फेरि शुरू भएको हो कि भन्ने प्रश्न जताततैबाट आउन थालेपछि मन्त्री पुनको सचिवालयले यस्तो स्पष्टीकरण दिनुपरेको थियो । तर सार्वजनिक गरिएको नम्बरमै फोन लागेको छैन । भट्टले दाबी गरे, 'दिनमा २/३ हजार फोन आउँछ, त्यही भएर लाइन व्यस्त भएको हो कि !'

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x