×

NMB BANK
NIC ASIA

कोरोनाले ब्यूटीपार्लर नखुल्दा सौन्दयकर्मीको रोजीरोटी बन्द

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराकी गंगादेवी गुरुङ सौन्दर्यकर्मी हुन् । विगतमा उनलाई आफन्तले विदेश जान सल्लाह नदिएका होइनन्, तैपनि स्वदेशमै केही गर्ने सोचका लागि विदेश जाने मोह त्यागिन् । स्वदेशमै बसेर सानोतिनो सौन्दर्य व्यवसाय सञ्चालन गरिन् ।

Sagarmatha Cement
Muktinath Bank

सौन्दर्य क्षेत्र उनको सानैदेखिको इच्छा हो । घरपरिवारसँग पैसा मागेर ब्यूटी कोर्स सिकिन् । करीब १ वर्षसम्म सिकिसकेपछि पोखराको अमरसिंह चोकमा ‘तमुस्यो ब्युटी ट्रेनिङ होम’ खोलिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थोरै–थोरै भएको आम्दानीलाई उनले लगानी थप्दै गइन् । केही बैंकबाट ऋण पनि लिइन् । हाल उनको व्यवसायमा २० लाख रुपैयाँ लगानी परेको छ । उनले ५ जनालाई रोजगारी समेत दिइन् । व्यवसाय सञ्चालन भएको पनि १० वर्ष बितिसक्यो ।


Advertisment
Nabil box
Kumari

तर नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीले यतिखेर उनको व्यवसाय नराम्ररी प्रभावित बन्यो । व्यवसायमा ताला लगाइएको ६ महिना भइसक्यो । यसबीचमा उनले मासिक घरभाडा २० हजार, कर्मचारी तलब ५० हजार, बैंकको किस्ताबन्दी, बिजुली, पानी खर्च तिर्न सकेकी छैनन् । 

Vianet communication
Laxmi Bank

दैनिक ८–१० हजार रुपैयाँ आम्दानीको बाटो पनि छेकिएको छ । व्यवसाय कहिले खोल्न पाइन्छ, त्यो पनि निधो छैन । उनीजस्तै अधिकांश स्वरोजगार ब्यूटीसियनहरू यतिखेर चिन्तामा डुबेका छन् । 

कोरोना भाइरस संक्रमणको प्रभावका कारण अधिकांश सेवाहरू लकडाउन तथा निषेधाज्ञाको प्रभावमा परेकोमा पछिल्लो समय केही सञ्चालनमा आइसकेका छन् । तर हालसम्म पनि बन्द रहेको एक व्यवसाय हो – ब्यूटीपार्लर व्यवसाय । 

सरकारले गत वर्ष चैत ११ गतेदेखि ब्यूटीपार्लर व्यवसायलाई खोल्न दिएको छैन । सेवाग्राहीसँग ‘टच’ भई सेवा दिनुपर्ने भएकाले कोरोना संक्रमण जोखिमका कारण यो व्यवसाय ६ महिनादेखि बन्द छ । यहाँ भौतिक दूरी कायम गर्न कठिन छ ।

गंगादेवी गुरुङ

यही पेशा गरेर जीवन निर्वाह गर्दै आएका स्वरोजगार ब्यूटीसियनले आफूहरूले पनि ब्यूटीपार्लर खोल्न पाउनुपर्ने माग गरेका छन् । यही पेशा गरेर घरपरिवार चलाउनुपर्ने उनीहरूले लामो समयदेखिको घरभाडा तिर्न बाँकी रहेको, बैंकको किस्ताबन्दी र ब्याज बुझाउन नसकेको र सरकारलाई तिर्नुपर्ने कर चुक्ता गर्न नसकेको भन्दै तत्काल व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी अध्यक्ष सुमन गुरुङले सरकारले अन्य सेवा, व्यवसाय खोल्न सकिने गरी छुट दिए पनि आफूहरूलाई अझै छुट नदिँदा विस्थापित हुने अवस्था आएको बताइन् । गुरुङका अनुसार युनियनमा मात्र देशभर करीब ५ हजार स्वरोजगार ब्यूटीसियन छन् । एउटा ब्यूटीपार्लरमा सरदर २ जना कर्मचारी कार्यरत रहे पनि देशभर करीब १० हजार जनाको रोटीरोटी खोसिएको हुँदा यसको विकल्प दिनुपर्ने उनले बताइन् । 

स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड अपनाएर पेशा व्यवसाय सञ्चालन गर्न तयार रहेको जानकारी दिँदै तत्काल खोल्ने स्वीकृति दिन देशभर प्रदेश तथा जिल्लास्तरमा युनियनले ज्ञापनपत्र बुझाएको छ । 

राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद मीना गुरुङले कोरोनाले आफ्नो व्यवसाय चौपट भएको बताइन् । हातमा सीप बोकेका विशेषगरी सयौं महिला दिदीबहिनीको रोजीरोटी गुमेको उनले बताइन् । यही पेशामै मानिसहरूलाई टिकाइराख्न र विस्थापित हुन नदिन सरकारले विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । 

युनियन जिल्ला कमिटीले बुधवार कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसमक्ष ब्यूटीपार्लर खोल्न आवश्यक पहलका ज्ञापनपत्र बुझाएको युनियन महासचिव पवि गुरुङले जानकारी दिइन् । 

युनियनले सौन्दर्यकला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरकारसँग गत जेठमै पनि माग गरेको थियो । युनियनले कोरोना भाइरसका कारण यस क्षेत्रमा उद्यमशील तथा स्वरोजगारको भविष्य धरापमा परेको भन्दै राहतका प्याकेज ल्याउन ५ बुँदे माग राखेको थियो । सोको हालसम्म सम्बोधन नभएको युनियन अध्यक्ष सुमन गुरुङले गुनासो गरिन् ।

व्यवसायीले बैंक व्याज तथा करमा विशेष छुट हुनुपर्ने, लकडाउनभरको घरभाडा मिनाहा वा छुट व्यवस्थाका लागि सरकारबाट पहल हुनुपर्ने, संलग्न सबै सौन्दर्यकर्मीको दैनिक जीवन निर्वाहको लागि राहत प्याकेज घोषणा गरिनुपर्ने, सौन्दर्य पेशा संरक्षण र प्रवद्र्धन गर्न कानूनअनुसार दर्ता भएका र सीटीईभीटीबाट प्रदान गरिएको प्रमाणपत्र आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने र बैंक व्याज तथा किस्ता तिर्ने समयसीमा आगामी माघसम्म थप गरिनुपर्ने माग गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x