चीनले सिक्किम र अरुणाचल प्रदेशमा बढायो सैन्य तैनाथी, भारतलाई सिलिगुडी कोरिडोरको डर

चीनले भारतको अरुणाचल प्रदेशस्थित वास्तविक नियन्त्रण रेखामा आफ्ना सैनिकहरूको संख्या बढाएको छ । भारतीय सेनाले चिनियाँ सीमामा चिनियाँ जनमुक्ति सेनाको गतिविधिलाई विचार गरिरहेको छ । 

अरुणाचल प्रदेशको अस्फिला, टूटिङ, चाङ ज र फिशटेल–२ मा सीमापारि चिनियाँ क्षेत्रमा गतिविधि बढिरहेका छन् । ती क्षेत्रहरू भारतीय सीमाबाट २० किलोमिटर मात्र पर छन् । 


Advertisement

चीनले भारतीय क्षेत्रमा प्रवेश गरेर जनसंख्यारहित स्थानलाई नियन्त्रणमा लिने कोशिश गर्न सक्ने भारतको आशंका छ । 

भारतले पनि वास्तविक नियन्त्रण रेखामा तैनाथी बढाएको छ । 


Advertisement

चिनियाँ सेना आक्रामक मूडमा रहेको र गश्तीका क्रममा वास्तविक नियन्त्रण रेखा नजिक कैयौंपटक आइपुगेको भारतको कथन छ । चीनले सडकमार्ग उपयोग गरेर गतिविधि बढाएको बताइएको छ । 

यसका साथै दोक्लम र भुटान सीमामा पनि चिनियाँ सेनाको उपस्थिति बढेपछि भारतको सर्वोच्च नेतृत्वले यसमा गम्भीरतापूर्वक विचार गरेको छ । 

चिनियाँ सेनाले भुटान सीमामा रहेको झाम्फिरी रिजसम्म सडक निर्माण गरिरहेको छ । यसले चिकेन्स नेक अर्थात् सिलिगुडी कोरिडोरका लागि खतरा उत्पन्न भएको भनी भारत डराइरहेको छ । 

लद्दाखमा भारत र चीनबीचको तनाव कायम छ । पांगोङ ताल नजिक काला टप र हेल्मेट टप जस्ता सामरिक रूपमा महत्त्वपूर्ण शिखरहरूमा नियन्त्रण कायम गरेको भारतले जनाएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्