×

NMB BANK
NIC ASIA

बलिउड अभिनेत्रीहरूलाई सोधपुछका लागि बोलायो लागूऔषध नियन्त्रण विभागले

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको लागूऔषध नियन्त्रण विभाग (एनसीबी) ले बलिउडका शीर्ष अभिनेत्रीहरू दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानलाई सोधपुछका लागि बोलाएको छ । बलिउड कलाकारहरूले लागूऔषध सेवन गर्ने गरेको धमाधम खुलासा हुँदै जाँदा एनसीबीले अनुसन्धानको दायरा बढाइरहेको छ । 

Muktinath Bank

उक्त निकायले दुईवटा मुद्दामा अनुसन्धान गरिरहेको छ : पहिलो, रिया चक्रवर्तीले आफ्ना प्रेमी सुशान्त सिंह राजपूतका लागि लागूऔषध ल्याउने र त्यसको पैसा तिर्ने गरेको विषयमा अनि दोस्रो, बलिउडमा व्याप्त रहेको लागूऔषध सेवनको समस्याका विषयमा ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्फोर्समेन्ट डिरेक्टोरेटले रियाका ह्वाट्सयाप च्याट एनसीबीलाई पठाएपछि पहिलो केसको अनुसन्धानको बाटो खुलेको हो । अनि त्यसमा सोधपुछ गर्ने क्रममा दोस्रो केस दर्ता गरिएको हो । 


Advertisment
Nabil box
Kumari

दोस्रो केसको अनुसन्धानका क्रममा अधिकारीहरूले सुशान्तकी व्यवस्थापक जया शाहसँग सोधपुछ गर्दा उनले गाँजाको बोटबाट बनाइने सीबीडी तेलको व्यवस्थापन गर्ने गरेको र श्रद्धा कपूर, सुशान्त, फिल्म निर्माता मधु मान्तेना अनि आफैंले उपयोग गर्ने गरेको बताइन् । 
 

Vianet communication
Laxmi Bank

दीपिकाले आफ्नी व्ववस्थापक करिश्मा प्रकाशसँग लागूऔषधका विषयमा गरेको ह्वाट्सयाप मेसेजमा एनसीबीले अनुसन्धान गर्न चाहेको छ । दीपिका र करिश्मालाई शुक्रवार बोलाइएको छ भने सारा र श्रद्धालाई शनिवार बोलाइएको छ ।

तर लागूऔषधका मुद्दामा दखदल राख्ने एक अधिवक्ताले नाम नखुलाउने शर्तमा बताएअनुसार, कलाकारहरूबाट लागूऔषध बरामद नगरिएकाले सोधपुछका लागि बोलाउने आधार पुष्टि नहुने बताए । ह्वाट्सयापका च्याटहरू प्राथमिक प्रमाण नभई परिपूरक प्रमाण मात्र भएको र यसलाई अदालतले शायदै स्वीकार गर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x