यी हुन् चीनका सबभन्दा धनी व्यक्ति....

पानीको बोतल तथा खोप व्यापारी झोङ शानशान चीनका सबभन्दा धनी व्यक्ति बनेका छन् । 

बुधवार उनको सम्पत्ति ५८.७ अर्ब डलर पुगेको थियो । उनले ज्याक मालाई पछि पारेका हुन् । झोङसँग माको भन्दा २ अर्ब डलर बढी सम्पत्ति रहेको ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सले लेखेको छ । 


Advertisement

भारतका मुकेश अम्बानीपछि एसियाका दोस्रा सबभन्दा धनी पुरुष झोङ बनेका छन् । उनी संसारका १७औं सबभन्दा धनी मानिस हुन् । 

राजनीति र व्यापारिक समूहबाट टाढै बस्ने भएकाले झोङलाई एक्ला शिकारी नाम दिइएको छ । सन् २०२० मा उनको सम्पत्तिमा ५१.९ अर्ब बढोत्तरी भएको छ जुन अमेजनका जेफ बेजोस र टेस्ला इन्कका इलोन मस्कबाहेकको सबभन्दा बढी नाफा हो । 


Advertisement

बुधवार प्रविधि कम्पनीका स्टकहरूमा गिरावट आउँदा अनि टेस्लाको ब्याट्री डे समारोह अपेक्षाअनुरूप नभएपछि बेजोस र मस्क दुवैलाई घाटा लागेको छ । मस्कले लगभग १० अर्ब डलर गुमाएका छन् । 
 

नोङ्फु स्प्रिङको नामक बोतलबन्द पानी कम्पनीको शेयर सर्वसाधारणका लागि खुलेपछि झोङलाई यसै महिना मात्र चीनका शीर्ष तीन धनीको सूचीमा पुर्‍याएको थियो । अनि बेइजिङ वान्ताइ बायोलोजिकल फार्मेसी इन्टरप्राइज को नामक खोप कम्पनीले अगस्ट महिनामा झोङको सम्पत्ति २० अर्ब डलरले बढाएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्