मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाका एक माछापालन अधिकारीलाई गोली हानी मारेको दक्षिणको रक्षा मन्त्रालयले बिहीवार जनाएको छ । यो आक्रामक गतिविधि भएको दक्षिणको कथन छ ।
ती ४७ वर्षीय दक्षिण कोरियाली अधिकारी गश्ती डुंगाबाट हराएका थिए र प्योङयाङ नजिकको समुद्री क्षेत्रमा पुगेका थिए । उनी सीमावर्ती टापु योनप्योङमा डुंगामा चढेका थिए ।
सूचना विश्लेषण गरेपछि दक्षिण कोरियाको सेनाले आफ्ना नागरिकमाथि उत्तरले समुद्री क्षेत्रमा गोली हानेर मारेको र उनको शरीर जलाएको पुष्टि गरेको छ ।
‘यस घटनाको पूर्ण जिम्मेवारी उत्तर कोरियाले लिनुपर्छ भनी हामी कडा चेतावनी दिन्छौं,’ दक्षिण कोरियाली सेनाले बतायो ।
ती व्यक्ति कसरी प्योङयाङ नजिक पुगे भन्ने स्पष्ट हुन सकेको छैन । उनका जुत्ताहरू गश्ती डुंगामा भेटिएकाले उनी भागेर उत्तर जान खोजेका हुन् कि अनुमान गरिएको थियो ।
गत जुलाई महिनामा उत्तर कोरियाबाट तीन वर्षअघि भागेर दक्षिण पुगेका एक व्यक्ति सुटुक्क उत्तरमा प्रवेश गरेका थिए ।
त्यसपछि उत्तर कोरियाका अधिकारीहरूले सीमावर्ती शहर काएसोङमा लकडाउन लगाए । उनले कोरोना बोेकेर आएको आशंकामा लकडाउन लगाइएको थियो ।
अमेरिकी सेनाका कोरिया कमान्डर रोबर्ट अब्राम्सले यसै महिनाको आरम्भतिर दिएको जानकारीअनुसार, चीनबाट कोरोनाभाइरस लिएर कसैले प्रवेश नगरून् भनी उत्तर कोरियाली अधिकारीहरूले देख्नेबित्तिकै गोली हान्ने आदेश दिएका छन् । सीमामा एउटा मध्यवर्ती क्षेत्र बनाएर विशेष सैनिक बललाई गोली हान्नका लागि तम्तयार बनाएर राखिएको छ ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...