हप्तामा २ दिन सार्वजनिक बिदा गर्न प्रस्ताव, अध्ययन गर्न समिति गठन

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय  आन्तरिक गृहकार्यमा जुटेको छ । 

मन्त्रालयले यसबारे थप तयारी गर्न बिहीवार ७ सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

मन्त्रालय र मातहतका सबै निकाय सम्मिलित उच्चस्तरीय बैठक बसी यसबारेमा अध्ययन तथा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको उनले बताए । 

मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको संयोजकको नेतृत्वमा गठित सो समितिमा मन्त्रालयबाट २ जना, पर्यटन बोर्ड, पर्यटन विभाग, अर्थमन्त्रालय, सामान्य प्रसासन मन्त्रालय लगायतबाट सदस्य रहेका छन् । 
उनका अनुसार समितिले २ महिनाभित्रमा यसबारे अध्ययन गर्नेछ । 


Advertisement

अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले यो निर्णय कार्यान्वयन गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ । 

त्यसपछि मन्त्रिपरिषद्ले यस प्रस्तावलाई स्विकृत गरेमा मुलकमा हप्तामा २ दिन सार्वजनिक विदा हुने मन्त्रालयका प्रवक्ता भट्टराईले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्