ब्रह्माण्डको आवाज यस्तो सुनिन्छ, भिडियो

अमेरिकी अन्तरिक्ष नियोग नासाले ब्रह्माण्डका सुन्दर तस्वीरहरू सार्वजनिक गर्ने गरिरहेकोमा अहिले आएर आवाज समेत बाहिर ल्याएको छ । 

ताराहरूको आवाज कस्तो सुनिन्छ भनी नासाका डिजिटल टेलिस्कोप डेटाको माध्यमले ब्रह्माण्डीय संगीत समारोह आयोजन गरेका छन् । 


Advertisement

सोनिफिकेसन अर्थान् ध्वनीकरण भनेको शून्य र एकको बाइनरी कोडका रूपमा डेटालाई तस्वीर नभई ध्वनिमा परिणत गर्ने काम हो । 

नासाले यी श्रव्यदृश्य सामग्री बनाएको हो जसमा पिच र भोलुम ताराहरूको अवस्थिति र घनत्वले नियन्त्रण गर्छन् । 


Advertisement

तारा र एक्ला चम्किला प्रकाशरूलाई सांगीतिक नोट दिइन्छ भने ग्यास र डस्टका बादलले ड्रोनको जस्तो आवाज निकाल्छन् । 

यो सानो अडियो पीसले ४०० प्रकाशवर्षमा फैलिएको ब्रह्माण्डीय क्षेत्रलाई समेट्छ । 

यो ब्रह्माण्डीय सांगीतिक समारोह पृथ्वीभन्दा २६ हजार प्रकाशवर्ष पर भइरहेको छ र यसमा नासाको हब्बल स्पेस टेलिस्कोप, स्पित्जर स्पेस टेलिस्कोप र चन्द्र एक्सरे अब्जर्भेटोरीका प्रस्तुति छन् । 

प्रत्येक दूरबीनले आफ्नै बाजा बजाउने र त्यसले संकलन गर्ने डेटासँग यो जोडिने गर्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्