×

NMB BANK
NIC ASIA

चीनविरुद्ध ट्रम्पको विषवमन : युद्धको पूर्वाभ्यास ?

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको साधारणसभामा गरेको सम्बोधनमा चीनविरुद्ध विषवमन गरेका छन् । उनले संसारको महानतम सेनाका साथ अमेरिकाले शान्तिदूतको भूमिका निर्वाह गरेको भनी घमण्ड पनि गरे । शान्ति अमेरिकी बन्दूकको नाल निस्कन्छ !

Sagarmatha Cement
Muktinath Bank

ट्रम्पको सम्बोधन आक्रोशपूर्ण, ठाडो र कठोर थियो । जम्मा सात मिनेटको सम्बोधनमा उनले संसारमा महामारी फैलाएको भन्दै चीनको आलोचना गरे अनि आफ्नो सरकारले पश्चिम एसियामा शान्तिवार्ताहरू गराएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसक्रममा उनले अमेरिकासँग संसारको सबभन्दा विकसित हतियार रहेको बताए र त्यसको प्रयोग कहिले पनि गर्नु नपरोस् भनी ईश्वरसँग प्रार्थना गर्ने बताए । त्यो धम्की जस्तो सुनियो । 


Advertisment
Nabil box
Kumari

अमेरिका अरूभन्दा फरक छ भन्ने आत्ममुग्ध बकवास ट्रम्पले दोहोर्‍याए । उनले कठोर राष्ट्रवाद अपनाउँदै कोरोनाभाइरसका सम्बन्धमा ट्रम्प प्रशासनले फैलाएको षड्यन्त्र सिद्धान्तलाई अघि दोहोर्‍याएर चीनप्रति आक्रामकता देखाए । राष्ट्रसंघको सम्बोधनमा उनले चाइना भाइरस भने अनि बेइजिङले जानाजान संसारलाई संक्रमित बनाएको बताए । 

Vianet communication
Laxmi Bank

चीन सरकारलाई महामारी फैलाएकोमा जवाफदेही बनाउनुपर्ने माग उनले राष्ट्रसंघसमक्ष राखे । बेइजिङसँग लडाइँका लागि अमेरिकाले चुनौती दिएको भनी यसलाई बुझ्नुपर्छ । 

ट्रम्प प्रशासनले हालैका दिनमा चीनविरुद्ध दिएका अनियन्त्रित बयान महामारी व्यवस्थापनमा आफूबाट भएको भारी चुकबाट ध्यान हटाउनका लागि हो । कोरोनाका कारण संसारभरि मरेका मानिसको २० प्रतिशत अमेरिकामै छन् जबकि अमेरिकामा संसारको ४ प्रतिशत मात्र जनसंख्या छ । 

अनि उदीयमान चीनसँगको आर्थिक द्वन्द्व र आफ्नो घट्दो शक्तिका कारण अमेरिकाले पालिरहेको कुण्ठालाई पनि चीनको आलोचना गरेर पोखिरहेको देखिन्छ । ट्रम्पले चीनविरुद्ध निरन्तर विषवमन गरेर संसारलाई नयाँ शीतयुद्धतर्फ धकेलेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई बंग्याइएको छ र चरम ध्रुवीकरण भइरहेको छ । जसरी भए पनि विरोधीलाई सिध्याउने मानसिकता अमेरिकाले पालिरहेको छ । 

ट्रम्पको सम्बोधनभन्दा केही मिनेटअघि मात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ७५औं साधारणसभाको आरम्भ गर्दै नयाँ शीतयुद्ध टार्नका लागि अमेरिका र चीनबीच सहकार्यको अपील गरे । ‘हामी खतरनाक दिशामा अघि बढिरहेका छौं । दुई विशाल अर्थतन्त्रहरूले विश्वलाई दुई ध्रुव बनाएको हामीले सहन सक्दैनौं,’ उनले भने । संसारले सन् १९४५ को क्षणको सामना गरिरहेको उनले बताए । 

ट्रम्पले संयुक्त राष्ट्रसंघलाई गरेको सम्बोधनको सार नै अमेरिका पहिलो विचारधारालाई अघि सारेर चीनलाई शत्रुराष्ट्रका रूपमा प्रस्तुत गर्नु हो । यो अनियन्त्रित अमेरिकी राष्ट्रवाद हो । 

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भाषण ट्रम्पको भन्दा पूरै फरक थियो । आफ्नो सम्बोधनमा सीले शान्त तथा राजनेताको चरित्र सहित बोले । उनले अन्तर्राष्ट्रिय सहकार्यका लागि अपील गरे, संसार एक परिवारका रूपमा रहेको बताए अनि सबैका लागि जीतको समाधान सुझाए ।

उनको सम्बोधन राष्ट्रसंघको गरिमाअनुरूप थियो किनकि उक्त संस्थाले सम्पूर्ण मानव एकै हुन् र कसैप्रति आक्रामकता देखाउनु हुँदैन भन्छ । उनले चिनियाँ सेनाको शक्तिको बखान गरेनन् । बेइजिङले कसैसँग पनि शीतयुद्ध वा परम्परागत युद्ध लड्न नचाहेको उनले बताए अनि चीन संसारको सबभन्दा विशाल विकासशील मुलुक भएको र शान्तिपूर्ण, खुला, सहकार्यात्मक तथा साझा विकासका लागि प्रतिबद्ध रहेको बताए । 

दुई विश्वनेताले बोले । एकजनाले प्रगतिशील र शान्तिपूर्ण भिजन सहितको भविष्य देखिरहेका छन् भने अर्का चाहिँ सात दशकअघिको विश्वयुद्धको खरानी चपाउन उद्यत छन् । 

वास्तवमा संसार ट्रम्पको जस्तो आक्रामक राजनीति अनि अमेरिकी सर्वोच्चतावादका कारण खतरनाक दिशामा अघि बढिरहेको छ । 

अनि ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले पनि खासै फरक पार्दैनन् । उनको शैली मात्र फरक हो, सार उही हो । यो ट्रम्प नामक व्यक्तिको कुरा हैन । यो अमेरिकी शक्ति कसरी संसारभरि एकपक्षीय तथा हिंस्रक रूपमा काम गर्छ भन्ने विषय हो । 
 

आरटीमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x