×

NMB BANK
NIC ASIA

सरकारलाई गिज्याउँदै टेकुको लाइन, २० घण्टा झरीमा रुझेर कोरोना परीक्षण !

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहटको गौर नगरपालिका– ४ का ५५ वर्षीय अली मियाँ अन्सारी हिजो (बुधवार) बेलुका ८ बजेदेखि कोरोना परीक्षणका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा लाइन बसेका रहेछन् ।

Muktinath Bank

उनीसँगै ५० वर्षीय मन्सुल अन्सारी पनि लाइनमा भेटिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको कालीमाटी आसपास क्षेत्रमा साइकलमा कपडा बेचेर जीविकोपार्जन गर्दै आएका अन्सारीद्वय हिजो बिहान गौरबाट काठमाडौं आएका रहेछन् ।


Advertisment
Nabil box
Kumari

घरबेटीले पीसीआर परीक्षण गरेर नेगेटिभ भएको खण्डमा मात्रै कोठामा बस्न दिने बताएपछि उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क कोरोना परीक्षणका लागि लाइनमा बसेका थिए ।

Vianet communication
Laxmi Bank

हिजो बेलुका ८ बजे लाइन बस्दा उपत्यकामा झरि परिरहेको थियो, तर उनीहरूसँग छाता थिएन । दुवै जनाले १५०/१५० उठाएर एउटा छाता किनेर दुवै जनाले त्यसैको सहारामा रात बिताएको उनले लोकान्तरलाई बताए ।

कोठामा कपडा भएकाले उनीहरूले आउँदा थप कपडा ल्याएका थिएनन् । तर कोठामा छिर्न नपाएपछि त्यही भिजेको कपडाले रात गुजार्नुपर्‍यो ।

‘कपडा ल्याइएन, यति सारो जाडो होला भन्ने पनि थाहा थिएन, रातभरि थरथर काम्दै बस्नुपर्‍यो,’ अन्सारीले भने, ‘राति छाडेर जाउँ भने कहाँ जाउँ छातामुनि नै जागाराम बस्यौं ।’​

रातभरिको झरीले टेकुु अस्पतालको बाहिर पानीको ताल परिरहेको थियो, आधा खुट्टा पानीमै राखेर रात र आजको दिन बितेको मनसुल अन्सारीले बताए । 

‘तल पानीको ताल माथिबाट झरेको झर्‍यै थियो,’ मनसुलले भने, ‘के गर्नु यस्तो रोग आयो, भोक पनि भन्न नमिल्ने ।’

वीरगञ्ज महानगरपालिका– २ का अरबिन्द साह पनि बिहान २ बजेदेखि लाइनमा बसेका रहेछन् । तर पनि उनको आज पालो आउने छाँट देखिएको छैन, अस्पतालको बरान्डामा नै रात बित्ने पक्का छ ।

बालाजुको गार्मेन्टमा काम  गर्दै आएका साह कोरोना महामारीका कारण गत जेठमा घर गएका थिए । 

चाडबाड नजिकिँदै गर्दा गोजी रित्तिएपछि काठमाडौं आएका साहलाई साहुले पीसीआर परीक्षण नेगेटिभ नआएसम्म नआउन भनेपछि लाइनमा आइपुगेका रहेछन् ।

टेकुमा कोरोना परीक्षण गराउने मानिसहरूलाई झरीले पनि छेकेको छैन । २० घण्टासम्म लाइनमा बसेर कोरोना परीक्षण गराइरहेका छन् । 

सरकारले पछिल्लो समयमा लामोदुरीका यातायात र बजार खुलाएपछि उपत्यका आउनेहरूको संख्या बढेको छ ।

तराईका जिल्लाबाट भित्रिएका अधिकांश कोरोना परीक्षणविना कोठा तथा कार्यालयमा छिर्न नपाएपछि टेकुको लाइनमा पुग्ने गरेका छन् ।

लामो समय लाइनमा यसरी बस्नु पर्दा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने खतरा छ, तर सरकारको ध्यान जान सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x