बैंकिङ कसुरमा ११ करोड ८२ लाख जरिवाना सुनाइएकी फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ११ करोड ८२ लाख जरिवाना सुनाइएसँगै फरार भएकी काभ्रेकी जयन्ती केसीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
२०७१ वैशाख २९ गते उच्च पाटन अदालत पाटनले बैंकिङ कसुर मुद्धामा ९ करोड ४७ लाख र २ करोड ३५ लाख रुपैयाँ गरी ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना र ३ बर्ष कैद सुनाएकी बनेपा नगरपालिका ६ की केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रे प्रमुख एसपी रवि पौडेलले जानकारी दिए ।

जिल्ला  प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।अभियुक्त केसीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशमा जिल्ला कारागार धुलिखेल पठाइएको एसपी पौडेलले जानकारी दिए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्