काठमाडौं उपत्यकामा कति पुगे कोरोना संक्रमित, कति निको भए ?

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्वास्थय मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म काठमाडौंमा मात्रै १५ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८ हजार ९७ जना निको भएपछि बाँकी होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै काठमाडौंमा ८६ जनाको मृत्यु समेत भएको छ ।

यसैगरी ललितपुरमा पनि कोरोना संक्रमितको संख्या १८२७ पुगेको भने भने निको हुनेको संख्या १०५२ रहेको छ । ललितपुरमा हालसम्म १७ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै भक्तपुरमा हालसम्म १७४२ जनामा संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये ८५० निको र १९ जनाको मृत्यु भएको छ ।


Advertisement

मन्त्रालयको तथ्यांकअनुसार आजमात्रै ७५५ जना उपत्यकामा संक्रमित थपिएका थिए । हालसम्म देशभर संक्रमितको संख्या ६९ हजार नाघेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्