काठमाडौंपछि चितवनमा धेरै संक्रमित थपिए

बिहीबार काठमाडौंपछि सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित चितवनमा थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६०९ जना संक्रमित थपिँदा चितवनमा पनि १३७ जनामा संक्रमण पुष्टि भएको हो।

आज ५० भन्दा बढी कोरोना संक्रमित थपिएकामा मोरङमा ७३ जना, भक्तपुरमा ५१ जना, ललितपुरमा ९५ जना, बाँकेमा ५३ जना, रुपन्देहीमा ८६ जना रहेका छन् । देशभर आज १४९७ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । यस्तै संक्रमण निको हुनेको संख्या ५० हजार नाघेको छ।  


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्