×

NMB BANK
NIC ASIA

फेला पर्‍यो ११ नम्बर सीमास्तम्भ

असोज ९, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो ।

Sagarmatha Cement
Muktinath Bank

चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका–६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आउँदा लिमीका अग्ला पाटनमा खोजी गर्ने क्रममा हराएको सीमास्तम्भ भेटाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सीधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्कसमेत नहुने उक्त स्थानमा प्रजिअको टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमास्तम्भ खोजी गर्न पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

टोलीले बुधबार बेलुका मात्र सो सीमास्तम्भ भेटाएको अध्यक्ष लामाले बताए । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको थियो । हिल्सा नाकाभन्दा झन्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । एघार नम्बर सीमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा भवनहरू बनाएको भनेर विवाद बाहिर आएको थियो । यद्यपि नेपाल सरकार र चीनले सो भवनहरू चिनियाँ भूमिमै बनाइएको स्पष्ट गरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

हुम्ला जिल्लामा मात्रै १५ वटा सीमास्तम्भ छन् । स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पाँच वर्षअघि २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे खोजी गर्ने कार्यसूची राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो तर खोजी कार्य भने अगाडि बढेको थिएन । गोरखापत्र दैनिकमा राजन रावतले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x