×
Bajaj Top
Khukuri
FONEPAY

कपाल किन झर्छ ? यी हुन् कपाल झर्ने ९ कारण

काठमाडाैं | पुस १८, २०७८

NTC
TVS INSIDE

राम्रो र बलियो कपाल होस् भन्ने इच्छा हामी सबैमा हुन्छ तर कपाल झर्ने समस्या अहिले सामान्य भइसकेको छ । कपाल झर्नमा विभिन्न कारण हुनसक्छन् । आनुवंशिक कारण वा मौसम परिवर्तन हुँदा पनि कपाल झर्छ । 

आधुनिक अस्वस्थ जीवनशैलीका कारण पनि कपाल झर्छ । तपाईंमा पनि यस्तो समस्या छ भने कारण पत्ता लगाएर समयमै यसलाई समाधान गर्नतिर लाग्नुस् । कपाल झार्न योगदान गर्ने कुरा यी हुन् :

कपालसम्बन्धी औजार

Sanima Bank
morang Auto yamaha

तपाईं दिनदिनै कपाललाई स्ट्रेट गर्न वा कर्ली गर्नका लागि स्ट्रेटनर र कर्लर जस्ता औजार प्रयोग गर्नुहुन्छ वा दिनदिनै चिसो कपाल सुकाउन ड्रायर प्रयोग गर्नुहुन्छ भने तिनले तपाईंको कपाललाई जरैदेखि कमजोर बनाउँछन् । त्यसपछि कपाल टुक्रिने, झर्ने र मृतजस्तो हुने समस्या आउँछ ।

फंगल इन्फेक्सन र चायाँ


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कपालमा फंगल इन्फेक्सन हुँदा त्यो जरैबाट कमजोर भएर टुक्रिन थाल्छ । अनि तालु सुक्खा हुँदा चायाँ पनि पर्छ जसले गर्दा कपाल कमजोर भएर टुक्रिन थाल्छ । कपालको सफाइ र पोषणमा ध्यान दिनुभए मात्र यस्ता स्थितिबाट बच्न सक्नुहुन्छ । 

रसायन

दिनदिनै नयाँ हेयरस्टाइल बनाउने र कपाल रंगाउने गर्दा तिनमा भएका रसायनले कपाललाई कमजोर बनाउँछन् र पोषण सिध्याइदिन्छन् । अनि कपाल झर्न थाल्छ । यस्ता उत्पादनको प्रयोगले कपाल सेतो पनि हुन थाल्छ । 
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तनाव

कपाल झर्नुका पछाडि तनाव पनि एक कारण हो । लामो समयसम्म तनाव हुँदा शारीरिक र मानसिक स्वास्थ्य बिग्रन थाल्छ अनि कपाल कमजोर भएर टुक्रिन थाल्छ । 

औषधि

केही विशेष औषधिहरू सेवन गर्दा पनि कपाल कमजोर हुन थाल्छ । रगत पातलो बनाउने औषधि, भिटामिन ए सप्लिमेन्टहरू, बाथरोगको अनि निद्राको औषधि सेवन गर्दा पनि कपाल झर्न थाल्छ । 

गर्भधारण र रजोनिवृत्ति

गर्भवती अवस्थाका महिलामा एस्ट्रोजन हर्मोनको सन्तुलन बिग्रन्छ र कपाल तीव्र गतिका साथ झर्छ । त्यसबाहेक रजोनिवृत्तिका समयमा एस्ट्रोजनको मात्रा घटेर पनि कपाल झर्न थाल्छ । 

एनेस्थेसिया र सर्जरी

एनेस्थेसिया र सर्जरी गरेपछि पनि कपाल झर्छ । यिनीहरूको शरीरमा प्रभाव तथा रिकभरीमा ढिलाइले पनि कपाल झर्छ । 

आनुवंशिक कारण

बाआमाको कपाल झर्ने समस्या छ भने सन्तानको पनि कपाल झर्छ । यसबाट बच्नका लागि केही विशेष काम गर्न सकिन्न तर खानपान र जीवनशैलीलाई राम्रो बनाएर समस्या घटाउन सकिन्छ ।

थाइरोइड

कपाल असाध्यै कमजोर भएर झर्नुमाथाइरोइड पनि एक कारण हुन सक्छ । थाइरोइडको उपचार गराएपछि कपाल झर्ने समस्या पनि समाधान हुन्छ । 

यसबाहेक टाइफाइड र भाइरल संक्रमणले पनि कपाल कमजोर बनाउँछ र ती झर्न थाल्छन् । एजेन्सी
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...

माघ ५, २०७८

सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइ...

माघ ५, २०७८

कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले खरिद गरेको र दाताले उपलब्ध गराएका लाखौं डोज खोपमा गडबडी भएको विषयले स्वास्थ्य मन्त्रालयको लापरबाही उजागर गरेको छ । देशको आधाभन्दा बढी जनसंख्याले कोरोन...

माघ ५, २०७८

मौसम परिवर्तनको समय शुरू भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ ।  आममानिसले आफूलाई भएको संक्...

माघ ५, २०७८

कोभिड महामारी चलिरहँदा इम्युनिटीमा एकदमै ध्यामन दिनुपर्ने भएको छ । तर कतिपय मानिसलाई इम्युनिटी सिस्टम कमजोर भएको थाहै हुन्न । यहाँ हामी इम्युनिटी कमजोर भएको लक्षणहरू बताउनछौं ।  रुघाखोकी वयस्क मा...

माघ ५, २०७८

कोरोना भाइरस संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।  कोरोनाको पहिलो लहरको जोखिम भत्ता पाए पनि दोस्रो लहरको जोखिम भत्ता नपाएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन् ।&...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...