सामाजिक सञ्जाल ट्वीटरमा अहिले एक भिडियो निकै भाइरल भइरहेको छ ।
भिडियोमा एक व्यक्ति पानीमा तैरिरहेको सर्पलाई हातले समात्न खोज्छन् । उनले २ पटकसम्म त्यस सर्पलाई समात्ने प्रयास गरेको भिडियोमा देखिन्छ ।
त्यसपछि उनी फेरि सर्पलाई समात्न खोज्दैगर्दा पछाडिबाट एक ठूलो अजिंगर आउँछ र ती व्यक्तिलाई पछ्याउँछ । ती व्यक्ति भने डराएर पानी भएतिर कुद्छन् ।
२० मिनेटको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
WTF is going on here pic.twitter.com/bWy1ro8833
— The Unexplained (@Unexplained) September 24, 2020