×

NMB BANK
NIC ASIA

पत्रकारको मृत्यु प्रकरण

टिकटकको त्यो एउटा 'लभ साइन' जसले पुर्‍यायो आत्महत्यासम्म !

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको घोडाघोडी नगरपालिका– ४ घर भएकी २३ वर्षीया निर्मला पहराई भदौ ३१ गते सम्पर्कविहीन बनिन् ।

Sagarmatha Cement
Muktinath Bank

घोडाघोडीकै कैलाली एफ.एम.मा कार्यरत पहराई केही दिनसम्म सम्पर्कमा नआएपछि आफन्तले प्रहरीलाई खबर गरे । त्यसपछि उनलाई खोज्नतर्फ प्रहरी लाग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहराईलाई खोज्ने क्रममा उनकै सहकर्मी ललित जागेरीसँग नजिकको सम्बन्ध रहेको प्रहरीले पत्ता लगायो । 


Advertisment
Nabil box
Kumari

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाएर सोधपुछ गर्दा सम्पर्क भएको तर उनी कहाँ गएको भन्ने कुरा थाहा नभएको जवाफ दिए ।

Vianet communication
Laxmi Bank

मृतक पहराईका आफन्त र प्रहरी मिलेर खोज्ने कुरा भयो । खोज्ने क्रममा घोडाघोडी नगरपालिका– ५ को जंगलमा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो ।

त्यसपछि प्रहरीले मुचुल्का उठायो । पोष्टमार्टमका लागि अस्पताल लैजान प्रहरीले अनुरोध गर्दा आफन्तले आत्महत्या नभई हत्या भएको भन्दै पत्रकार सम्मेलन गरे । 

प्रहरीले थप अनुसन्धानका लागि जाहेरी दिन आग्रह गर्‍यो । मृतकका परिवारले उनीसँगै काम गर्ने सहकर्मी ललित जागेरी र युवती धना साउदविरुद्ध किटानी जाहेरी दिए ।  

त्यसपछि शव पोष्टमार्टमका लागि अस्पताल पठाइयो । 

उनलाई विष खुवाएर हत्या गरी झुन्ड्याएको आरोप परिवारको थियो । पोष्टमार्टममा उनको शरीरभित्र कुनै खालको विषालु पदार्थ भेटिएन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ललित जागेरी र मृतक निर्मला पहराईबीच प्रेम सम्बन्ध रहेको पत्ता लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुप शमशेर जबराले बताए । 

‘उनीहरू पहिलादेखि प्रेम सम्बन्धमा रहेको देखिन्छ,’ एसपी जबराले भने, ‘पछिल्लो समयमा विवाह गर्ने कुरा समेत भएको देखिन्छ ।’

मृतक पहराईका परिवारले विवाहका लागि जात नमिल्ने भएकाले हत्या गरेको आरोप लगाएका छन्, तर बाँकी कुरा भने अनुसन्धानमा खुल्ने एसपी जबराले बताए ।

टिकटकले निम्त्याएको आत्महत्या

प्रहरी अनुसन्धानको निष्कर्षलाई मान्ने हो भने उनीहरूको झगडा टिकटकबाट शुरू भएको देखिन्छ । 

मृतक पहराई र उनकै सहकर्मी ललितबीच पछिल्लो समयमा विवाह गर्नेसम्म कुरा भएको थियो ।

एक दिन अर्की एक युवती धना साउदले ललितलाई सामाजिक सञ्जाल टिकटकमा ‘लभ साइन’ पठाइन् । 

त्यो कुरा ललितकी प्रेमिका रहेकी निर्मला देखेपछि साउदलाई फोन गरेर गाली गरिन् । उनले आफूहरूको प्रेम रहेको र विवाह गर्न लागेको कुरा बताइन् । 

मृतक पहराई हराएको दिन ललित र उनीबीच राति १२ बजेसम्म सँगै रहेका भन्ने अनुसन्धानमा खुलेको छ । अरू कुरा भने नियन्त्रणमा लिएका ललितको बयानबाट खुल्ने एसपी जबराले लोकान्तरलाई बताए ।

‘राति १२ बजेसम्म सँगै बसेको देखिन्छ, बाँकी कुरा भने अनुसन्धानले बताउला,’ एसपी जबराले भने ।

राति टिकटकको विषयलाई लिएर झगडा भएपछि आफू घर गएको र मृतक पहराई कहाँ गइन् भन्ने विषयमा आफूलाई थाहा नभएको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले ललित र धनाले मिलेर केही गरे/नगरेको भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । 

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पछिल्लो समयमा टिकटकको विषयलाई लिएर झगडा भएको देखिन्छ । 

त्यसभन्दा पहिला पनि मृतकको घरमा दिदीबहिनी बीचमा जातपातको विषयलाई लिएर समय–समयमा विवाद भएको देखिन्छ । 

अहिले प्रहरीले किटानी जाहेरी परेका ललित जागेरी र धना साउदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x