बेरोजगारलाई भत्ता र मजदुरलाई ६ महिनाको रासन दिन ११ दलको माग

काठमाडौं । नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादीसहितका साना ११ राजनीतिक दलले बेरोजगारहरुलाई बेरोजगारी भत्ता दिन माग गरेको छ । यस्तै मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुष्ट व्यवस्था गर्न पनि ११ दलले सरकारसँग माग गरेको छ ।
 
११ दलको बैठकपछि जारी गरिएको विज्ञप्तिमा पीसीआर परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन, कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गर्नलगायतका माग गरिएको छ ।
यस्तै भोकभोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको तर खानपिन लगायत अन्य सहयोग गर्ने स्वयम्सेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै ११ दलले दलितहरू माथि भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरू माथि कडा कारवाही गरी यसको अन्त्यका लागि ठोस कदम चाल्न पनि आग्रह गरेको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्