×

NMB BANK
NIC ASIA

एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त, निको हुने क्रम बढ्दो

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९ जना निको भएर घर फर्किएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत ३ असोजदेखि शुक्रबारसम्म ९ हजार २१ जना संक्रमित थपिएकामा ८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा प्रत्येक एक सय जना संक्रमितमा ८९ जना संक्रमणमुक्त भएको पुष्टि हुन्छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

Vianet communication
Laxmi Bank

यस्तै, हालसम्म कुल संक्रमितलाई आधार मान्दा १ सय जनामा ७३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किने गरेका छन् । हालसम्म ७० हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत् ५१ हजार ८ सय ६६ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ ।

देशभर शुक्रबार १ हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै १२ हजार २ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९ सय ७४ पुगेको छ । यस्तै, शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा मृत्युदर शून्य दशमलव ६५ प्रतिशत छ ।

यस्तै, देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३९ जना भेन्टिलेटरमा र २ सय २७ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ३५ जना आईसीयू र ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आईसीयू र दुई जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ जना आईसीयूमा उपचाररत रहेका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x