×

NMB BANK
NIC ASIA

सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा

असोज १०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार (नाम परिवर्तन) मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिन्छन् ।

Muktinath Bank

कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन गरे कि ? भन्ने भयले तर्सिने गरेको उहाँ बताउनुहुन्छ । बिरामी बोक्ने क्रममा एक सहकर्मी चालकमा कोरोना सङ्क्रमण देखिएपछि एम्बुलेन्स चालक तर्सिनुपरेको भनाइ उनको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै अल्का अस्पताल ललितपुरका एम्बुलेन्स चालक दावा तामाङको पीडा त्यस्तै छ । कहिलेकाहीँ कोरोना सङ्क्रमित बिरामी भेटिँदा १४ दिन क्वारेन्टाइन र पटक–पटक स्वाब परीक्षण गर्नुपर्ने बाध्यता आइलाग्ने उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

चालक तामाङले एम्बुलेन्सले बिरामी ओसारपसार गर्नैपर्ने हुन्छ । कोरोनासँग डराएर काम छैन, पेट पाल्नै प¥यो, सेवा दिनै प¥यो, कोरोना पुष्टि भएका र लक्षण देखिएकालाई बोक्दिन । बिरामीको लक्षण विवरण बुझेर मात्र सेवा दिने गरेको छु भने।

Vianet communication
Laxmi Bank

नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रमुख सवारी चालक धर्म रिमाल कोरोना सङ्क्रमित बिरामी नियमित ओसारपसार गर्नु आफ्नो दैनिकी भएको बताउनुहुन्छ । सङ्क्रमित बिरामी बोक्न थालेको छ महिना भयो । उहाँले पशुपतिनाथको कृपाले कोरोनाबाट जोगिँदै आएको छु भने ।

नेपाल सरकार, कोभिड–१९ महामारी सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यका तथा उपत्यकाका छिमेकी जिल्लासम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका बिरामीको निःशुल्क ओसारपसारको अधिकार १०२ लाई दिएको छ । सो संस्थाका पाँचवटा एम्बुलेन्स र १२ चालक आलोपालो गरी २४ घण्टा सङ्क्रमितको ओसारपसारमा खटिन्छन् । गतवर्ष माघदेखि सङ्क्रमित बोक्न थालेका हाँैं, अहिलेसम्म सबै सुरक्षित छौँ –उनले भने।

केही दिनअघि एक चालकमा लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएपछि अलि डर लागेको भनाइ अर्का एम्बुलेन्स चालक बम गुरुङको छ । डिल्लीबजारस्थित एक कलेज परिसरभित्र १०२ एम्बुलेन्स सेवाका चालकका लागि बासस्थान तथा एम्बुलेन्स निःसङ्क्रमण गर्ने व्यवस्था गरिएको छ ।

सरकारी तथा निजी अस्पतालका एम्बुलेन्स चालक सामान्य बिरामीलाई समेत बोक्न डराउने गरेका छन् । आवश्यक पीपीई लगायत स्वास्थ्य उपकरण र स्वास्थ्य सुरक्षाको व्यवस्था नहुँदा सामान्य बिरामी बोक्न डराउनुपरेको गुनासो चालकको छ ।

कोरोना सङ्क्रमित बोक्ने अधिकार १०२ बाहेक अन्यलाई दिइएको छैन । सामान्य बिरामी बोक्न डराउने भएकाले निजी सवारी तथा ट््याक्सीको अधिक प्रयोग हुने गरेको छ । काठमाडौँ उपत्यकामा सञ्चालित १७२ वटा एम्बुलेन्समध्ये धेरैजसो थन्केर बसेका छन् ।

त्यस्तै शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । सेवाग्राही भन्छन्– अन्य रोगका बिरामी बोक्नसमेत एम्बुलेन्स चालक डराउने भएकाले निजी सवारी तथा ट्याक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम सुरक्षित उपकरण प्रयोग र स्वास्थ्य सतर्कता अपनाउन सकेमा निजी कार र ट्याक्सीको तुलनामा एम्बुलेन्स चालकलाई सङ्क्रमणको जोखिम कम हुने बताउँछन् ।

हालसम्म सङ्क्रमित बोकेकै कारण एम्बुलेन्स चालकमा कोरोना सङ्क्रमण पुष्टि हुन सकेको छैन । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमित बाहेक अन्य बिरामीलाई सेवा दिन निर्देशन दिइएको छ ।

सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले व्यावसायिक प्रयोजनबाट सञ्चालित एम्बुलेन्स सेवा लिन बाध्यकारी नभएको स्पष्ट पारेको छ ।

कोरोना महामारीसंँगै सुत्केरी र मिर्गाैलापीडित बिरामीको यातायात सुविधाका लागि निजी सवारीलाई एम्बुलेन्समा परिणत गरेका बूढानीलकण्ठ नगरपालिका–३ का ३७ वर्षीय युवकमा जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x