आगामी ३ दिनसम्म वर्षाको सम्भावना, कमला र कनकाई नदीमा बहाव बढ्न सक्ने

अहिले बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

शनिवार एक बुलेटिन जारी गर्दै विभागले अहिले कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही  प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको हो ।


Advertisement

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र  प्रदेश नं २ को एक/ दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

विभागका अनुसार आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक २ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका   का  एक/ दुइ स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।


Advertisement

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र  रहेको छ। साथै यो न्युन चापीय क्षेत्र उत्तर-पुर्व सर्दै गएको विभागले जनाएको छ ।

 आगामी २४  घन्टामाप्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तै आज कन्काई तथा कमला नदीमा बहाव केहि बढ्ने, अन्यमा बहाव घट्ने तर सबैमा सतर्कता तलै हुने विभागले जनाएको छ ।

आजबाट नदीमा बहाव घट्दो हुने र भोलि सम्म सामान्य अवस्थामा हुने तथा प्रमुख र मझौला नदीमा बाढी हुने संभावना न्यून तटीय क्षेत्रका कृयाकलापको लागि सो अनुसार तयारी गर्न विभागले अनुरोध गरेको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा  मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्