कविता : 'हो, म पाखे !'

धर्मराज पाण्डे (डिआर) -

 


Advertisement

हो म पाखे !

मैले बोल्ने शब्दहरू अलिक झर्रो छ


Advertisement

लालित्यबिनाको स्वभाब मेरो खरो छ

मैले चाखेको जीवनको स्वाद टर्रो छ

र पनि गर्व छ यसमा मेरो जरो छ।

मलाई केको लाज हो !

मेरा पखेराहरुमा विरताको गाथा छ

तिमीले लाटो ठान्ने मानिस निकै बाठो  छ

महाज्ञानीहरूलाई म कसरी सम्झाउ

मेरै पाखो-बारीको शिरमा यो देशको सगरमाथा छ।

ए,सभ्य भनिएकाहरू !

मलाई एउटा अभिमान छ

रगतका थोपाहरूमा स्वाभिमान छ

यो देशका लेकबेसीहरूमा उज्यालो छर्न 

पाखाबाटै आएको कुलमान त छ।

हो, म पाखे!

पाखे हुनुमा गर्व छ

मलाई केको शर्म हँ ?

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्