×

NMB BANK
NIC ASIA

उद्यमीको प्रेरक कथा

कोरियाको कमाइ छाडेर कालिज पालनमा रमाएका मानकाजी

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशमा व्यावसायिक रूपमा कालिज (वन कुखुरा) पालन शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

रोजगारीका लागि नयाँ क्षेत्र खोजी गरिरहेका बुटवलका मानकाजी थापाले कालिज पालनमा हात हालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिका–१९ मोतिपुरका थापाले दक्षिण कोरियाको आकर्षक रोजगारी छाडेर नेपालमै कालिजको मासुका पारखीलाई लक्षित गरी व्यावसायिक रूपमा कालिज पालनको नौलौ अभ्यास थालेका हुन् । ३५ वर्षीय मानकाजी कालिज पालन गर्ने योजनाका साथ स्वदेश फर्किएका थिए ।


Advertisment
Nabil box
Kumari

नेपाली जंगलमा पाइने कालिज पालन र शिकारका लागि सरकारले प्रतिबन्ध लगाए पनि थापाले इटलीबाट कालिजका अण्डा मगाएर ह्याचरिङ गरी व्यावसायिक रूपमा ५ नम्बर प्रदेशमै पहिलो पटक कालिज पालनको थालनी गरेका हुन् । 

Vianet communication
Laxmi Bank

उनले पालेका कालिज ‘रिङनेक प्यासेन्ट’ प्रजातिका हुन् । नेपाली काजिल पाल्न नपाइए पनि विदेशबाट ल्याएर पालन गर्न प्रतिबन्ध छैन ।

थापाले आफ्नै साढे ३ कठ्ठा जग्गामा आधुनिक खोर बनाएर १ हजार ५० कालिज पालन गरेका छन् । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले अहिले थापाको फर्ममा दैनिकजसो कालिज किन्न जानेको भीड लाग्ने गर्छ । ६ महिनाअघि ४० लाख रुपैयाँ लगानीमा कालिजपालन थालेको मानकाजीले बताए ।

‘५ वर्ष कोरियामा बसें । केही रकम त्यहीँबाट जोहो गरें । घर फर्किएर नेपालमै केही गर्ने सोच बनाएको थिएँ । काठमाडौं बस्ने एउटा दाइसँग कालिजका अण्डा नेपाल ल्याउनुपर्ने भयो भनेर उहाँलाई भने । उहाँले कालिजका अण्डा ल्याइदिने व्यवस्था मिलाइदिनुभयो,’ उनले भने, ‘शुरूमा कालिज कहाँ पाल्ने भन्ने समस्या भयो । तराईको गर्मीमा कालिजलाई जोगाउन सकिँदैन भनेर धेरैले सुझाए । पहाडका केही जिल्लामा पनि कसरी पाल्न सकिन्छ भनेर बुझ्न पुगें । तर अन्तिममा जोखिम मोलेरै आफ्नै घरनजिकै आफ्नै जग्गामा कालिज पालन शुरू गरेका हुँ ।’

थापाले १ हजार २०० अण्डा मगाएका थिए । काठमाडौंबाट ह्याचरिङ गरेर ल्याउँदा केही चल्ला च्यापिएर मरे, अन्य सबै राम्रा भएर हुर्किएका छन् । ‘अब सबै बिक्रीको तयारीमा छन्,’ थापाले भने, ‘एउटा कालिजको मूल्य ३ हजार ४०० रुपैयाँ पर्छ । यो धेरै ठूलो हुने प्रजाति होइन । डेढ किलोसम्म हुन्छ । मासु असाध्यै स्वादिलो र स्वास्थ्यका लागि धेरै फाइदाजनक पनि हुन्छ । अहिले धमाधम बिक्री भइरहेको छ ।’

कालिज ह्याचरिङ गरेको अवधिदेखि ६ महिनामा तयार हुन्छ । पोखरा र काठमाडौंमा पनि केही युवाले कालिज पालन थालेको र त्यसबाट आफू पनि प्रभावित भएर कालिज पालन गरेको मानकाजीले बताए । अन्य व्यवसायको बीमा भए पनि हालसम्म कालिजको बीमा गर्न समस्या रहेको छ । ‘३५ डिग्रीसम्मको तापक्रममा कालिज पाल्न सकिन्छ । कालिजले दानासँगै घाँस पनि मन पराउँछ । कालिजले दैनिक ६० प्रतिशत अन्न दाना र ४० प्रतिशत हरियो घाँस खाने गर्छ,’ उनले भने । एउटा कालिजले वर्षको १ सिजनमा ५० वटासम्म अण्डा दिनसक्ने उनले बताए ।

‘देशमा नेताहरूले युवालाई उद्यमसँग जोड्ने वातावरण बनाउन जरुरी छ । पहिला नेपालमा यसको व्यावसायिक पालन गर्न मिल्ने कानून थिएन,’ उनी भन्छन्, ‘अहिले पाल्न मिल्ने व्यवस्था भएको छ । अर्काे वर्षसम्म ५ हजार कालिज बनाउने उद्देश्य छ । राज्यले हामीजस्ता नयाँ उद्यम गर्ने युवालाई अनुदानको व्यवस्था गरिदिनुपर्छ ।’

थापाले कालिजसँगै नजिकै बाख्रा र लोकल कुखुरापालन पनि शुरू गरेका छन् ।  कालिजसँगै उन्नत जातका खसीबोका पनि उत्पादन गर्ने मानकाजीको अर्को सपना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x