कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लकडाउनको बेला एउटा भर्चुअल कार्यक्रममा राजनीतिशास्त्री तथा अध्येता हरि शर्मालाई पठन सम्बन्धी प्रश्न गर्दा उहाँले भन्नुभयो, ‘यो अवधिमा पढ्नको लागि त्यति उत्सुकता नबढेको र स्वतन्त्रता खोसिएको अनुभव भएको छ ।’ सम्भवत धेरैलाई उकुसमुकुस नै भएको हुनुपर्छ । मेरो अनुभूति पनि यस्तै छ ।
यहीबीच नेपाली साहित्यको बजारमा अखबारी लेखनमा नाम चलेकी लेखिका सरल गौतमको ‘डुमेरो’ प्रकाशित भयो । पत्रकारिताबाट उपन्यासकारको रूपमा अवतरित गौतमको पुस्तकको नाम नै अर्थ खोज्नुपर्ने खालको छ ।
यात्राबाट अभिप्रेरित लामा–लामा आलेखको नियमित पाठक भएको र साहित्यमा रुचि भएकाले पनि मलाई ‘डुमेरो’ पढ्ने जाँगर चल्यो । लकडाउनको बेला खुद्रा लेखपढ गरे पनि सिंगो पुस्तक चाहिँ ‘डुमेरो’ नै पढेर सकाए । पुस्तकमा मेरो पुस्ताको दिल छामेर लेखिएका हरेक अनुच्छेद स्वतन्त्रताका बिगुल नै हुन् ।
... ...
जुन समयमा लेखिकाले जिन्दगी भोगेकी छिन्, त्यही समय नै पुस्तक हो । पात्र र अभिव्यक्ति सिनेमाकी नायिकामार्फत व्यक्त भए पनि त्यो हाम्रो पुस्ताको कथा हो । त्यही भएर पुस्तक सरल छ, तरल छ र बगेको छ । पुस्तकमा झर्को छैन । आफैंले लेख्न खोजेझैं छ, आफ्नै कुरा छ, उन्मुक्त हाँसो पनि छ, अडान छ, कतै खस्रो छ, आधुनिक छ, भित्र–बाहिर एउटै छ । सबैभन्दा ठूलो कुरो स्वतन्त्रताको उडान अति नै लोभलाग्दो छ ।
पुस्तकमा भूमिका छैन । मालिकहरूको उर्दी पनि छैन । कसैले भनिदिएको राम्रो र नराम्रो छैन । पाठकलाई भूमिका लेख्न दिएझैं छ । सोझै छ कुरो, लप्पनछप्पन छैन । मानकहरू भत्किएका छन्, त्यसमा मजा छ । शहरमा नाम चलेको भनिएको ‘मान्छे’को हस्ताक्षर विना पनि पुस्तक लेखिन्छ, बिक्री हुन्छ, पढिन्छ, पढेर खुशी लाग्छ, केही सिकिन्छ, केही प्राप्त गरिन्छ । सरला गौतममार्फत दुनियाँका नयाँ मान्छेहरू र ‘ग्रीन’ मान्छेहरूले सन्देश पाएका छन् ।
पुस्तकका पात्र रुपक दा, सुप्रिया, रियाज, अभि, ब्रुनो, नताशा, समा, सोनम, सिमरन, बाबाआमा, फुपू दिदी, अमेरिकन साथीहरू, सिनेमा मालिकहरू, सबै जना हरेक पाठकका साथीहरू हुन् । पात्रहरूको जुन प्लट छ, जहाँबाट उनीहरू एक ठाउँमा हुन्छन् र जहाँबाट अलग हुन्छन्, हरेक आदि र अन्त्यमा जीवन छ, अर्थपूर्ण छ ।
रियाजको मृत्यु सत्य हो तर रियाज बचेकै भए हुन्थ्योझैं लागिराखेको छ । नाताशा कस्तो सम्यक, कस्तो आँटिलो मान्छे । ब्रुनोले एक नेपाली हिरोइनलाई जसरी घुमायो, त्यो पनि अचम्म छ तर कुरो पछि थाहा लाग्छ ।
... ...
डुमेरोको उमेर हाराहारीको मेरो छोरा छ । उसले जीवनमा पहिलो पटक यही पुस्तक सुम्सुम्यायो । पाना पल्टायो । पुस्तकको कभरमा आँखा लगायो र रमायो पनि । यसरी बुवा अमृत र छोरा अथर्ब मिलेर ‘डूमेरो’मा डुमेरो लगाए । मलाई यो कुरा भन्न पाउँदा पनि खुशी लागेको छ । सरला गौतमलाई अखबारमा पढेको, टिकटकमा हेरेको, अन्तर्वार्ता सुनेको, लाइभ हेरेको र सुनेको, उहाँका अभियान र साहसिक अभिव्यक्ति पढेको हुनाले पनि होला म कतै पक्षपाती भएर पढ्छु कि झैं लागेको थियो । तर पुस्तकले त्यसो गर्ने अनुमति दिएन, तटस्थ राखिदियो ।
म समीक्षक होइन, लेखक होइन, टिप्पणीकार पनि होइन र म कर्मचारी पनि होइन । तर म पाठक हुँ, इमान्दार भएर अक्षर, शब्द, वाक्य, अनुच्छेद, पेज, पाठ र पुस्तकले के भन्न खोजेको छ भन्ने बुझ्न खोज्ने र पुस्तकको प्रशंसा गर्ने मान्छे चाहिँ हुँ । यसरी मैले जे बुझें, जे पाएँ, जसरी सिञ्चित भएँ, बगे र पात्रले मलाई जसरी ‘ह्याङ्ग’ गराएका छन्, त्यो सबै हेर्दा यत्ति भनौं – ‘डुमेरो’ स्वादिलो भोजन बराबर छ ।
डुमेरो आजको दुनियाँको युवापुस्ता र संघर्षशील हरेकको कथा हो । भलै पर्दाकी नायिकामार्फत कथालाई अभिव्यक्त गरेकी छिन् लेखकले । उनले बुझाएकी छन् कि पर्दामा चमकधमक देखिए पनि उनीहरूका कठिन समयहरू र अप्ठ्यारो यात्रा सँगसँगै छ । तपाईं जुनसुकै पेशा रोज्नुस्, त्यसको पछाडि सहजता मात्र छैन, सफलताको चुस्की मार्न कति पटक पछारिनुपर्छ भन्ने आजको युवा पुस्ताले भोगिरहेको छ ।
पढ्नु, बोल्नु, लेख्नु र समुदायको आवाज बाहिर ल्याउनु, त्यसको प्रतिफल उल्टै आरोपित हुनु, एक्लो बनाइनु त अहिलेको समाजको नियम जस्तै हुन लाग्यो । तर ‘डुमेरो’मार्फत सोनम र सुप्रियाले कठिनाइ भोगे पनि स्वतन्त्रताको लगामलाई अस्वीकार गरिरहे । सोनामले मन, वचन, यौवन, हाँसो, आँसु, खुशी सबै–सबै साटेको प्रेमीसँग शब्दको कारणले ‘गूड–बाई’ गर्न तयार भइन् । आफू आफू जस्तो रहन पाउनुपर्ने, उन्मुक्त रहेर जिन्दगी चलाउने जुन अपिल छ, डुमेरोमा त्यो सन्देश सबैभन्दा बलियो छ ।
आज पनि दुनियाँमा हाम्रा दिदीबहिनी र छोरीहरूमाथि स्वयं हामीले नै ‘सांस्कृतिक हतियार’ बिस्फोट गराएर आतंक छरेका छौं । अनुशासनका नाममा उत्कट अभिलाषाहरू, समवयीहरू सँगको संगत, स्वतन्त्र व्यक्ति हुँ भन्ने अनुभूतिबाट वञ्चित गराउने समाज हाम्रो अघिल्तिर छ । आफ्ना सीमाहरू सोही व्यक्तिलाई तोक्न दिने समाज कहिले निर्माण होला ? चेतना कहिले बदलिएला ? ‘डुमेरो’मा झैं कल्पना गरेको दुनियाँ आउन समय त लाग्ला नै अपितु यो पुस्तक पढेका तन्नेरीहरूले नयाँ आयामबाट पनि सोच्न सक्ने चाहिँ अवश्य हुन्छन् ।
आफ्नो निजी जिन्दगी, खुशी, सुन्दर सपना, मिठो साथ–संगति, सबै–सबै कुरामा डराएर केवल भविष्य खोजिरहेका युवालाई आफूतर्फ फर्क, कर्ममा तल्लिन होऊ, जिम्मेवार बन तर स्वतन्त्र बन, बिन्दास बन भन्ने संकेत छ डुमेरोमा । यही कुरा सत्यम् शिवम् सुन्दरम् छ ।
साहित्यको नजरले यसका वादहरू, उपमाहरू, बान्की, ढाँचा, सूत्र आदिको कसीमा ‘डुमेरो’ के कस्तो छ ? त्यो कि सरला गौतमलाई थाहा होला वा ‘कापी–परीक्षक’लाई थाहा होला । तर म जस्तो पाठकको लागि ‘डुमेरो’को पठन समय सुन्दर रह्यो । एउटा पाठकको लागि पुस्तक पढुञ्जेल, त्यसले तान्यो कि तानेन, मथिंगलले केहीबेर थप सोच्यो कि सोचेन, पात्रहरूले पाठकसँग सजीव सम्बन्ध राखे कि राखेनन् भन्ने विषय अहम् विषय हो । यो कसीमा ‘डुमेरो–बसाइ’ पात्र–पाठकको मिठो संवादको रूपमा रह्यो ।
स्वतन्त्रताको कुरा गर्नेहरूले, महिलाको कुरा गर्नेहरूले, नयाँको कुरा गर्नेहरूले, पाका र अभिभावकहरूले तथा मेरा पुस्ताका पाठकहरू सबै–सबैले पुस्तक पढून् । सरलाले लेखिरहून् । जस्तो छ जिन्दगी, धमाकेदार बनोस्, कुनै दिन पुस्तकमा हस्ताक्षर लिउला ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...