×

NMB BANK
NIC ASIA

पर्वत आउँदा अनिवार्य दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

समुदायस्तरमा कोरोना सङ्क्रमणको सामान्य प्रभाव मात्रै परेको पर्वतमा थप सङ्क्रमण फैलन नदिन विदेश र सङ्क्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्यरुपमा दुई हप्ता होम क्वारिन्टनमा बस्नुपर्ने  निर्णय गरिएको छ । 

Muktinath Bank

कुस्मा नगरपालिकाका जनप्रतिनिधिसहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले सङ्क्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्यरुपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत, तेस्रो देश तथा सङ्क्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जिल्लामा भित्रिएपछि उनीहरुबाट समुदायमा सङ्क्रमण पुग्न नदिन स्थानीय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टिनमा राख्ने निर्णय भएको छ ।


Advertisment
Nabil box
Kumari

कुस्माको बजार क्षेत्रमा एक साताको बीचमा ठूलो सङ्ख्यामा मानिस भित्रिए पनि उनीहरु होम क्वारेन्टिनमा नबस्ने र पेशा व्यवसायसमेत शुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।
 
वडाका जनप्रतिनिधिले टोल समिति र लायन्स, रोटरी, जेसिज, आमा समूह तथा युवा क्लबको सहयोग लिएर असोज १ गते पछि विदेश र अन्य जिल्लाबाट आएकाको विवरण सङ्कलन गर्ने र उनीहरुलाई अनिवार्यरुपमा परिवारसँग समेत सम्पर्क नगरी होमक्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । कुस्मा नगरपालिकाका बजार क्षेत्रबाहेकका पनि सबै वडा र जिल्लाका सातवटै पालिकामा बाहिरबाट आउनेलाई अनिवार्यरुपमा होम क्वारेन्टाइनमा राख्न र अनुगमन गरिराख्न अनुरोध गर्ने गरिने प्रजिअ रेग्मीले बताउनुभयो । 

Vianet communication
Laxmi Bank

पर्वत जिल्लामा अहिलेसम्म जम्मा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा अधिकांश क्वारेन्टिनमा बसेका व्यक्ति छन् । थोरै सङ्ख्यामा स्वास्थ्यकर्मी, स्थानीयवासीमा सङ्क्रमण देखिए पनि कन्टयाक्ट टे«सिङका क्रममा थप सङ्क्रमण फैलिएको भेटिएको थिएन । पर्वत जिल्लामा कोरोनाविरुद्धको अभियानमा लागू भएको ‘पुलिङ क्वारेन्टिन’ को अवधारणा कोरोना समुदायमा फैलन नदिनका लागि सबैभन्दा प्रभावकारी सावित भएको थियो । सबै पालिकामा समुदायस्तरमा गरिएका नमूना परीक्षणमा एक दुई वटा घटनाबाहेक समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको थिएन ।
  
भारत वा तेस्रो मुलुकबाट आउनेलाई नाकाबाटै सोझै कुस्माबजारमा रहेका पुलिङ क्वारेन्टिनमा राखिन्थ्यो । एक हप्तापछि पिसिआर परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएपछि पनि सम्बन्धित पालिकाका क्वारेन्टाइनमा दुई हप्ता राखेर घर पठाइन्थ्यो । पोजेटिभ रिर्पोट आउने आइसोलेसनमा बस्थे भने नेगेटिभ आउने पनि पालिका र वडाका क्वारेन्टाइनमा बसेर गएपछि समुदायमा कोरोना पुग्न पाएको थिएन । अब भने होम क्वारेन्टिनमा बसेकामा कोरोनाको लक्षण देखिएमा मात्रै पिसिआर परीक्षण गरिने भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x