खुमा फाउण्डेशनले जिम्मा लियो पहिरो पीडित बालिकाको उपचार खर्च

केहि दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण गएको पहिरोमा परी घाईते भएकी वालिङ नगरपालिका १४ तमादीकी १६ वर्षिया मनिषा नेपालीको खुमा अर्याल फाउण्डेसनले उपचार गरिदिने भएको छ ।

बिहीबार घरमाथिबाट खेसेको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । सोहि पहिरोबाट उद्धार गरिएकी नेपालीको फाउण्डेशनले सम्पूर्ण खर्च व्यहोर्ने गरी उपचार गरिदिने भएको हो । 


Advertisement

पहिरोबाट उद्धार गरिएकी बालिकाको वालिङमा सामान्य उपचारपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा थप उपचार भइरहेको छ । 

कृषितथा मेडिकल क्षेत्रमालगानी गरेका स्याङ्जाका खुमा अर्यालको नाममा बनेको फाउण्डेशनले जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रमा काम गर्दै आएको छ ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्