दीपिका पछि सारासँग सवाल–जवाफ गर्दै एनसीबी, थप रहस्य खुल्ला ?

 सुशान्त सिंह राजपूतको मृत्यु पछि बलिउडमा ड्रग्स प्रकरण बाहिर आएको छ । जसमा बलिउडका चर्चित अभिनेत्रीहरू फसेका छन् भने चलचित्र निर्माताहरू पनि यस मुद्धामा मुछिन थालेका छन् । 

एनसीबीले शनिवार अभिनेत्री दीपिका पादुकोणसँग सोधपुछ गरेको छ । आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग दीपिकाले गरेको ड्रग्स च्याट बाहिरिएसँगै उनी विवादमा तानिएकी हुन् । 


Advertisement

केहीबेर अघिसम्म मात्रै एनसीबीले दीपिकासँग सोधपुछ तथा अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि भन्दै दीपिकाको मोबाइल सेट पनि एनसीबीले नै राखेको छ ।

यससँगै अहिले एनसीबीले सारा अली खानसँग सोधपुछ गरिरहेको छ ।


Advertisement

यससँगै एनसीबीले श्रद्धा कपूरसँग पनि सोधपुछ गर्ने छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्