×

NMB BANK
NIC ASIA

विभिन्न मुद्दामा फरार ३१ जना एकैदिन पक्राउ

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला अदालतको फैसलापछि फरार रहेका ३१ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । एक दिनअघि त्यस्ता १४ जना  पक्राउ परेका थिए ।  

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार जिल्ला अदालतको फैसलापछि फरार रहेका  हनुमाननगर कंकालिनी नगरपालिका–५ का ५५ वर्षीय कुशेश्वर भन्ने खुसहर महतो ३२ वर्षपछि पक्राउ परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीविरुद्ध दर्ता भएको कुटपिट मुद्दामा विसं २०४५ मङ्सिर २७ गते अदालतले फैसला सुनाएको थियो । सोही दिनदेखि फरार भएका उनलाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रनाउ भारतीले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

यसैगरी अदालतको अपहेलना मुद्दामा २८ वर्षदेखि फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–१ का ४० वर्षीय दुर्गानन्द यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको विसं २०४९ माघ १५ गतेको फैसलापछि यादव फरार थिए । कुटपिट मुद्दामा साढे २२ वर्षपछि तिरहुत गाउँपालिका–१ का ५५ वर्षीय रामजी मरिक यादव पक्राउ परेका छन् । अदालतले उनीविरुद्ध २०५४ चैत २६ गते फैसला सुनाएको थियो ।

Vianet communication
Laxmi Bank

अदालतको फैसलापछि फरार रहेका ३१ जनामध्ये कुटपिट मुद्दाका १३, लुटपाटका तीन, कुटपिट र लुटपाट मुद्दाका तीन, केही सार्वजनिक अपराध मुद्दाको तीन, वनको दुई जना पक्राउ परेका छन् । यसैगरी कर्तव्य ज्यान, अपहरण, डाँका, बहुविवाह, अदालतको अपहेलना, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका एक÷एक फरार अभियुक्त पक्राउ परेका छन् ।

कुटपिट मुद्दामा राजविराज नगरपालिका–६ का समिरकुमार चौधरी, राजविराज–९ का बिजल नौनिया, राजविराज–१५ का जयनारायण यादव, कञ्चनपुर नगरपालिका–७ का गोवद्र्धन महतो, तिलाठी कोइलाडी–१ का चन्द्रकिशोर मण्डल, आनन्दलाल मण्डल, रवीन्द्र मण्डल, खैरुल कुजर्नी, मो अकबर, रोशन खातुन र तिलाठी कोइलाडी–५ का नागो रायसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

लुटपाटमा तिलाठी कोइलाडी–२ का धनीलाल खङ्ग, तारादेवी खङ्ग, सतनीदेवी खङ्ग, कुटपिट÷लुटपाट मुद्दामा राजविराज –१ का आनन्द झा, ललन झा, पिताम्बर झा तथा केही सार्वजनिक अपराध मुद्दामा राजविराज–११ का अवोध राम, राजविराज–१५ का दिलीपकुमार यादव र होमेन्द्र यादव रहेका छन् ।

यस्तै वन मुद्दामा राजविराज –६ का किरण थापा मगर र अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का भोला सदा पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा तिलाठी कोइलाडी गाउँपालिका–८ का हरिनारायण खङ्ग, अपहरणमा राजविराज–१५ देउरी भरुवाका राजेश भनिने राजनारायण यादव, डाँका मुद्दामा राजविराज–६ का प्रदीपकुमार चौधरी, बहुविवाह मुद्दामा छिन्नमस्ता गाउँपालिका–३ का रामकुमार साह पक्राउ परेका छन् ।

अदालतको अवहेलना मुद्दामा तिलाठी कोइलाडी–१ का दुर्गानन्द यादव, गाली बेइज्जतीमा तिलाठी कोइलाडी–१ का सुमित्रादेवी यादव र सवारी ज्यानमा सप्तकोशी नगरपालिका–४ का भोला सरदार पनि पक्राउ परेको प्रहरीले जनाएको छ । अदालतको फैसला कार्यान्वयन गराउने क्रममा घरमै लुकिछिपी बसेका उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइने प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । एक दिनअघि मात्र प्रहरीले कुटपिट, लुटपाट, कुटपिट अङ्गभङ्ग, जालसाजी, केही सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग मुद्दामा १४ फरार अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x