×

NMB BANK
NIC ASIA

नेपालमा एउटा फलको निकै चर्चा छ, कसैले बगैचामा फलाएर त कसैले आफ्नै कौसीको गमलामा फलाएर ‘ड्रागन’ फलको प्रचार गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपालका लागि नौलो ‘ड्रागन’ फलको बाहिर जति आकर्षक छ, भित्र झन् ज्यादा देख्न सकिन्छ । खानामा अति नै मिठो नभए पनि स्वास्थ्य सम्बन्धी अत्यधिक उपयोगी भनिएकाले ‘ड्रागन’ फलको चर्चा चुलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीआईपीहरूले मात्र खाने आयातित फल भनेर चिनिँदै आएकोमा पछिल्लो समय सबैको पहुँचमा पुगेको छ ड्रागन फल । गमलामा रोप्दा पनि ५–१० गेडा दाना खाना पाइने भएपछि राजधानीका धेरै घरवालाले ड्रागन फल लगाउन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

ड्रागन फल नेपालमा भित्रिएको लामो समय भएको छैन । तर यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दा जति आकर्षक हुन्छ, त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।

Vianet communication
Laxmi Bank

दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको फल सिँउडी प्रजातिमा पर्छ । यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घण्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ । 

खेती गरेको २ वर्षमा फल लाग्न शुरू हुन्छ । यो फल नेपाली बजारमा प्रतिकिलो १ हजारदेखि १ हजार २०० रूपैयाँसम्म बिक्छ । तर मागअनुसार यसको आपूर्ति हुन सकेको छैन ।

ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करीब ३ हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुख्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।

ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । काठमाडौं, पोखरा, चितवन लगायतका नर्सरीमा यसको बिरुवा उपलब्ध छ । घरको छत तथा करेसाबारीमा समेत बिरुवा रोप्न सकिन्छ ।

फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज–कात्तिकसम्म फूल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्यै आम्दानी गर्न सकिन्छ ।

के–के बन्छ ड्रागन फलबाट ?

– यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।

– यसबाट केक पनि तयार पार्न सकिन्छ ।

– गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।

– ड्रागनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।

– यो फल सलादको रूपमा पनि प्रयोग हुन्छ । 

– विभिन्न मिठाइका परिकारमा निकै उपयोगी हुन्छ । 

– पाकेको ड्रागन फल त्यतिकै खादा पनि मिठो हुन्छ र स्वास्थ्यवद्र्धक पनि छ ।

स्वास्थ्यलाई फाइदै–फाइदा

– छालासम्बन्धी विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ ।

– यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ ।

– यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।

– कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ ।

– यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।

– क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि ड्रागन फल सेवन गर्दा हुन्छ ।

– यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।

– मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । 

– यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ ।

– बढ्दो उमेरका बालबालिकाका लागि ड्रागन फल निकै उपयोगी हुन्छ । 

– यसले शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउँछ ।

– आँखाको दृष्टिका लागि पनि ड्रागन उपयोगी फल हो ।

– रोगप्रतिरोधी क्षमता बढाउनका लागि पनि उपयोगी फल हो । 

– निराश हुने र डराउने समस्या छ भने पनि ड्रागन फल नियमित सेवन गर्दा फाइदाजनक छ । 

– यो फलमा उच्च फाइबर हुने हुँदा ‘कार्डियोभास्कुलर डिजिज’ नष्ट गर्न पनि राम्रो फल भनी लिड्स विश्वविद्यालयको अध्ययनले प्रमाणित गरेको छ ।

– मुटु सम्बन्धी जीवाणु सीएचडी नियन्त्रणका लागि पनि राम्रो फल हो ड्रागन । 

– एन्टी–एक्सिडेन्टका लागि धनी फल मानिएको ड्रागनले क्षति पुगेका शरीरका तन्तुलाई सन्तुलन गर्न ठूलो भूमिका खेलेको हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x