×

NMB BANK
NIC ASIA

हस्तकला

कोरोना कहरले नछोएको लेहेङ्गा व्यापार, ‘स्मार्ट बजार’ले फस्टायो कारोबार

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो ।

Muktinath Bank

तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो – लेहेङ्गा र चोलियाको कारोबार ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रूपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसायमा प्रविधिको त्यति बढी प्रयोग थिएन । जब लकडाउन शुरू भयो, व्यापारको एक मात्रै सहारा प्रविधि बन्यो । हामीले प्रविधिको उच्चतम प्रयोग गरी प्रविधिलाई व्यवसायसँग जोड्यौं । फेसबूक पेजमा प्रचारप्रसार, विज्ञापन बढायौं र अर्डर हुन थाल्यो ।’


Advertisment
Nabil box
Kumari

लेहेङ्गा र चोलिया थारु युवतीले प्रयोग गर्ने परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो समय लेहेङ्गा र चोलियाले फेसनकै रूप लिएपछि कारोबार पनि फस्टाएको छ । मेला, महोत्सव, उत्सवलगायत सबै औपचारिक तथा अनौपचारिक कार्यक्रममा थारु युवतीहरू लेहेङ्गा र चोलियाकै प्रयोग गर्न रुचाउँछन्, फलतः यसको कारोबार चम्केको छ ।

Vianet communication
Laxmi Bank

स्थानीय ७ जना युवाले गठन गरेको स्मार्ट ग्रूपको कारोबार पनि फस्टाएको छ । कालुराम भन्छन्, ‘हामीले ‘स्मार्ट बजार’ नाम दिएर फेसबूक पेज चलाएका छौं । जुन पेजबाट प्रवद्र्धनको काम गर्छाैं । अर्डर आएपछि होम डेलिभरी गर्छौं ।’

स्मार्ट ग्रूपले पछिल्लो ३ वर्षदेखि लेहेङ्गा लगायतको कारोबार गर्दै आएको छ । विभिन्न उद्यमी महिलाबाट लेहेङ्गा संकलन गरी बिक्रीवितरण गर्ने गरिएको छ । प्रतिलेहेङ्गा ३ हजार ५०० देखि ८ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको ग्रूपले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लासम्म होम डेलिभरीको काम गर्दै आएको कालुराम बताउँछन् ।

ग्रूपले व्यावसायिक रूपमा लेहेङ्गा संलकन गर्न थालेपछि  ग्रूपसँग आवद्ध ८ जना महिलाले लेहेङ्गा मात्रै बनाउने गरेका छन् भने २ जनाले चोलिया मात्रै र ३ जनाले लेहेङ्गामा प्रयोग हुने फुलरा मात्रै बनाउने कार्य गर्दै आएको बताइएको छ । लेहेङ्गा संकलनको कार्य थालेपछि १३ जनाले लेहेङ्गा सिल्ने कार्यलाई आफ्नो पेशा नै बनाएको कालुराम बताउँछन् ।

उनले भने, ‘शुरूमा हामीले लेहेङ्गा सिल्ने महिलालाई खोज्यौं । उनीहरूलाई भन्यो – तपाईंहरू लेहेङ्गा सिल्नुस्, हामी तपाईंको लेहेङ्गा बिक्रीवितरण गरिदिन्छौं । अनि कामको शुरूआत गरेका हौं ।’

उनका अनुसार १ जना पेशेवर लेहेङ्गा सिल्नेले महिनामा ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छन् भने स्मार्ट ग्रूपले महिनामा १०० बढी लेहेङ्गा बिक्रीवितरण गरी महिनामा ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ ।

थारु सांस्कृतिक पहिरनको रूपमा रहेको लेहेङ्गालाई एक किसिमको हस्तकलाको रूपमा लिइन्छ । जसको लागि दक्षता पनि आवश्यक पर्ने बताइन्छ । एउटा सिंगो लेहेङ्गा बनाउन कपडाका विभिन्न टुक्रालाई जोड्नुका साथै विभिन्न कलात्मक फूलबुट्टाले सजाउनुपर्छ ।

लामो समयदेखि लेहेङ्गा सिलाइको काम गर्दै आएकी धनगढी उपमहानगरपालिका–८ बुद्ध चौककी सावित्री चौधरी भन्छिन्, ‘लेहेङ्गा बनाउनु पनि एक किसिमको कलात्मक सीप तथा हस्तकला नै हो । एउटा लेहेङ्गा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नुपर्छ । लेहेङ्गाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेहेङ्गा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोड्नुपर्छ । जसलाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पथ्थर लगायत टाँस्नुपर्ने हुन्छ ।’

चाडपर्व नजिकिएसँगै यसको कारोबार पनि बढेको छ । जुन कारण लेहेङ्गा सिल्नेहरूलाई भ्याइँ–नभ्याइँ छ । लामो समयदेखि धनगढीमा लेहेङ्गा सिल्दै आएका दम्पती सीता र विजय चौधरी भन्छन्, ‘सिजन शुरू भएको छ, आजभोलि लेहेङ्गा, चोलो, बिलाउज सिउनमै समय बित्छ । आजभोलि हामी नयाँ डिजाइन सिर्जना गरेर लेहेङ्गा सिल्ने काम गरिरहेका छौं ।’

पछिल्लो समय थारु समुदायमा मात्रै होइन, गैरथारु युवतीमा पनि लेहेङ्गा लगाउने ‘क्रेज’ बढेको छ । जसले गर्दा फेसनको बजारमा लेहेङ्गाले आफ्नो स्थान ओगट्न थालेको छ ।

कैलालीकी पत्रकार उन्नति चौधरी भन्छिन् ‘कुनै कार्यक्रम होस् वा चाडपर्वमा लेहेङ्गा लगाउनुको मज्जा नै फरक हुन्छ । लेहेङ्गा लगाउनु फेसन जस्तै भएको छ । जसले एकातिर सांस्कृतिक संरक्षण हुन्छ भने अर्कोतिर व्यावसायिकीकरण भइ रोजगारी सिर्जना हुनु नै सुन्दर पक्ष हो ।’

विश्वको उत्कृष्टमा सूचीकृत पोशाक ‘थारु लेहेङ्गा’

अधिकांश युवतीको रोजाइमा परेको लेहेङ्गा अन्तर्राष्ट्रिय स्तरमै राम्रो पोशाकको दर्जामा परेको छ । सन् २०१७ मा जेनेभा कन्फ्रेन्सबाट संसारको सबैभन्दा राम्रो पोशाकको उपाधिको रूपमा लेहेङ्गा परेको बताइएको छ ।

थारु कल्याणकारिणीसभा कैलालीका पूर्व अध्यक्ष प्रभातकुमार चौधरीले थारु लेहेङ्गा र चोलिया विश्व सूचीकृत पोशाक भएको बताउँछन् । उनी भन्छन्, ‘सन् २०१६ र २०१७ मा जेनेभा सम्मेलनमा नेपालबाट सहभागी भएका आदिवासीले थारु लेहङ्गबारे जानकारी दिँदै पोशाक प्रदर्शन गरेका थिए ।’

सम्मेलनमा थुप्रै देशका सहभागीका पोशाकमध्ये थारु लेहेङ्गा र चोलिया सबैभन्दा राम्रो रहेको र छनोट हुन पुगेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x