×

X
Dabur
Nic Asia
Marvel

हस्तकला

कोरोना कहरले नछोएको लेहेङ्गा व्यापार, ‘स्मार्ट बजार’ले फस्टायो कारोबार

धनगढी | असोज १०, २०७७

TVS INSIDE

यतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो ।

IME BANK INNEWS
morang Auto yamaha

तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो – लेहेङ्गा र चोलियाको कारोबार ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रूपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसायमा प्रविधिको त्यति बढी प्रयोग थिएन । जब लकडाउन शुरू भयो, व्यापारको एक मात्रै सहारा प्रविधि बन्यो । हामीले प्रविधिको उच्चतम प्रयोग गरी प्रविधिलाई व्यवसायसँग जोड्यौं । फेसबूक पेजमा प्रचारप्रसार, विज्ञापन बढायौं र अर्डर हुन थाल्यो ।’

लेहेङ्गा र चोलिया थारु युवतीले प्रयोग गर्ने परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो समय लेहेङ्गा र चोलियाले फेसनकै रूप लिएपछि कारोबार पनि फस्टाएको छ । मेला, महोत्सव, उत्सवलगायत सबै औपचारिक तथा अनौपचारिक कार्यक्रममा थारु युवतीहरू लेहेङ्गा र चोलियाकै प्रयोग गर्न रुचाउँछन्, फलतः यसको कारोबार चम्केको छ ।

Vianet communication
Maruti inside

स्थानीय ७ जना युवाले गठन गरेको स्मार्ट ग्रूपको कारोबार पनि फस्टाएको छ । कालुराम भन्छन्, ‘हामीले ‘स्मार्ट बजार’ नाम दिएर फेसबूक पेज चलाएका छौं । जुन पेजबाट प्रवद्र्धनको काम गर्छाैं । अर्डर आएपछि होम डेलिभरी गर्छौं ।’

स्मार्ट ग्रूपले पछिल्लो ३ वर्षदेखि लेहेङ्गा लगायतको कारोबार गर्दै आएको छ । विभिन्न उद्यमी महिलाबाट लेहेङ्गा संकलन गरी बिक्रीवितरण गर्ने गरिएको छ । प्रतिलेहेङ्गा ३ हजार ५०० देखि ८ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको ग्रूपले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लासम्म होम डेलिभरीको काम गर्दै आएको कालुराम बताउँछन् ।

ग्रूपले व्यावसायिक रूपमा लेहेङ्गा संलकन गर्न थालेपछि  ग्रूपसँग आवद्ध ८ जना महिलाले लेहेङ्गा मात्रै बनाउने गरेका छन् भने २ जनाले चोलिया मात्रै र ३ जनाले लेहेङ्गामा प्रयोग हुने फुलरा मात्रै बनाउने कार्य गर्दै आएको बताइएको छ । लेहेङ्गा संकलनको कार्य थालेपछि १३ जनाले लेहेङ्गा सिल्ने कार्यलाई आफ्नो पेशा नै बनाएको कालुराम बताउँछन् ।

उनले भने, ‘शुरूमा हामीले लेहेङ्गा सिल्ने महिलालाई खोज्यौं । उनीहरूलाई भन्यो – तपाईंहरू लेहेङ्गा सिल्नुस्, हामी तपाईंको लेहेङ्गा बिक्रीवितरण गरिदिन्छौं । अनि कामको शुरूआत गरेका हौं ।’

उनका अनुसार १ जना पेशेवर लेहेङ्गा सिल्नेले महिनामा ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छन् भने स्मार्ट ग्रूपले महिनामा १०० बढी लेहेङ्गा बिक्रीवितरण गरी महिनामा ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ ।

थारु सांस्कृतिक पहिरनको रूपमा रहेको लेहेङ्गालाई एक किसिमको हस्तकलाको रूपमा लिइन्छ । जसको लागि दक्षता पनि आवश्यक पर्ने बताइन्छ । एउटा सिंगो लेहेङ्गा बनाउन कपडाका विभिन्न टुक्रालाई जोड्नुका साथै विभिन्न कलात्मक फूलबुट्टाले सजाउनुपर्छ ।

लामो समयदेखि लेहेङ्गा सिलाइको काम गर्दै आएकी धनगढी उपमहानगरपालिका–८ बुद्ध चौककी सावित्री चौधरी भन्छिन्, ‘लेहेङ्गा बनाउनु पनि एक किसिमको कलात्मक सीप तथा हस्तकला नै हो । एउटा लेहेङ्गा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नुपर्छ । लेहेङ्गाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेहेङ्गा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोड्नुपर्छ । जसलाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पथ्थर लगायत टाँस्नुपर्ने हुन्छ ।’

चाडपर्व नजिकिएसँगै यसको कारोबार पनि बढेको छ । जुन कारण लेहेङ्गा सिल्नेहरूलाई भ्याइँ–नभ्याइँ छ । लामो समयदेखि धनगढीमा लेहेङ्गा सिल्दै आएका दम्पती सीता र विजय चौधरी भन्छन्, ‘सिजन शुरू भएको छ, आजभोलि लेहेङ्गा, चोलो, बिलाउज सिउनमै समय बित्छ । आजभोलि हामी नयाँ डिजाइन सिर्जना गरेर लेहेङ्गा सिल्ने काम गरिरहेका छौं ।’

पछिल्लो समय थारु समुदायमा मात्रै होइन, गैरथारु युवतीमा पनि लेहेङ्गा लगाउने ‘क्रेज’ बढेको छ । जसले गर्दा फेसनको बजारमा लेहेङ्गाले आफ्नो स्थान ओगट्न थालेको छ ।

कैलालीकी पत्रकार उन्नति चौधरी भन्छिन् ‘कुनै कार्यक्रम होस् वा चाडपर्वमा लेहेङ्गा लगाउनुको मज्जा नै फरक हुन्छ । लेहेङ्गा लगाउनु फेसन जस्तै भएको छ । जसले एकातिर सांस्कृतिक संरक्षण हुन्छ भने अर्कोतिर व्यावसायिकीकरण भइ रोजगारी सिर्जना हुनु नै सुन्दर पक्ष हो ।’

विश्वको उत्कृष्टमा सूचीकृत पोशाक ‘थारु लेहेङ्गा’

अधिकांश युवतीको रोजाइमा परेको लेहेङ्गा अन्तर्राष्ट्रिय स्तरमै राम्रो पोशाकको दर्जामा परेको छ । सन् २०१७ मा जेनेभा कन्फ्रेन्सबाट संसारको सबैभन्दा राम्रो पोशाकको उपाधिको रूपमा लेहेङ्गा परेको बताइएको छ ।

थारु कल्याणकारिणीसभा कैलालीका पूर्व अध्यक्ष प्रभातकुमार चौधरीले थारु लेहेङ्गा र चोलिया विश्व सूचीकृत पोशाक भएको बताउँछन् । उनी भन्छन्, ‘सन् २०१६ र २०१७ मा जेनेभा सम्मेलनमा नेपालबाट सहभागी भएका आदिवासीले थारु लेहङ्गबारे जानकारी दिँदै पोशाक प्रदर्शन गरेका थिए ।’

सम्मेलनमा थुप्रै देशका सहभागीका पोशाकमध्ये थारु लेहेङ्गा र चोलिया सबैभन्दा राम्रो रहेको र छनोट हुन पुगेको उनले बताए ।

TATA Below
NLIC
साउन २४, २०७९

राजस्व छलीको समानसहित १ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ९०६ थान छालाको पेटी र ५ हजार २९४ थान पर्ससहित सप्तरी राजविराज नगरपालिका&...

साउन २४, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय कालिकोटका तत्कालीन प्राविधिक सहायक रत्नप्रसाद पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  पाण्डे हाल जुम्लाको गुठीचौर गाउँपालिकामा छैठौं...

साउन २४, २०७९

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेका छन् । उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा  नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले न...

साउन २४, २०७९

७४ लाख रुपैयाँ हुण्डीको पैसासहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो (सोमवार) काठमाडौंको अनामनगरबाट ७४ लाख नगद अवैध हुण्डीको पैसा र २६ लाख ३२ हजार रुपैयाँको ९ वटा चेक...

साउन २४, २०७९

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रहरीले ४ अर्ब बजेट माग्ने तयारी गरेको छ । प्रहरीले स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले अघिल्लो पटकभन्दा यसपालि बजेट धेरै चाहिने भन्दै ४...

साउन २४, २०७९

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x