कोरोनाले थप ८ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणपछि थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृतकमध्ये सबै पुरुष रहेका छन् ।


Advertisement

मन्त्रालयका अनुसार सप्तरीमा १ जना, काठमाडौंमा २ जना, भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, ललितपुरमा १ जना, रुपन्देहीमा १ जना र कैलालीमा १ जनाको मृत्यु भएको हो ।

यससँगै कूल मृतकको संख्या ४६७ पुगेको छ भने संक्रमित हुनेमध्ये मृत्युको प्रतिशत ०.६५% रहेको मन्त्रालयले जनाएको छ ।


Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १० हजार १९ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ५८३, ललितपुर जिल्लामा ७८ र भक्तपुर जिल्लामा ६३ संक्रमित थपिएका हुन् ।

शनिवार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८३३ र होम आइसोलेसनमा १० हजार ५०८ जना रहेका छन् ।

हाल क्वारेन्टीनमा ६ हजार ३३१ जना रहेका छन् । पछिल्लो पटक १ हजार १४७ जना डिस्चार्ज भएका छन् भने हालसम्म ५३ हजार १३ जना डिस्चार्ज भएका छन् । संक्रमणमुक्त दर ७३.८% रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्