×

NMB BANK
NIC ASIA

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका जिल्लाका केही विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् ।

Muktinath Bank

वैकल्पिक शिक्षण विधिको सम्भावना नरहेका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गर्दै पठनपाठन शुरु गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका विभिन्न स्थानीय तहमा केही विद्यालयले कक्षा ६ देखिमाथिको पठनपाठन शुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए। उनका अनुसार अन्य वैकल्पिक विधिबाट पठनपाठन गर्न सम्भव नभएका स्थानका केही विद्यालयले पठनपाठन शुरु गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

अनलाइन कक्षाको सम्भावना नभएका स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन भएका हुन् । “बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको जोखिमसमेत कम भएको हुँदा त्यस्ता ठाउँका केही विद्यालयले पठनपाठन शुरु गरेका छन्”, एकाइ प्रमुख पोखरेलले भन्नुभयो,“ती स्थानमा अन्य वैकल्पिक विधिबाट पढाउने अवस्था पनि नभएपछि विद्यालयमै पठनपाठन शुरु गरेका छन् ।  जिल्लामा सामुदायिक ३१२ र संस्थागत ९३ विद्यालय छन् ।

Vianet communication
Laxmi Bank

पठनपाठनशुरु गरेको शान्ति निकुञ्ज माध्यामिक विद्यालय कावासोतीका प्रधानाध्यापक हरि न्यौपानेका अनुसार कक्षा ६ देखि माथिका कक्षा सञ्चालन गरिएको छ । साना बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन असहज हुने भएपछि ६ कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिएको छ ।

कक्षा ६, ८ र १० का विद्यार्थी  आइतबार, मङ्गलबार र बिहीबार विद्यालय आउँछन् । कक्षा ७, ९ र १२ का विद्यार्थी सोमबार, बुधबार र शुक्रबार आउँछन्  ।

कक्षा ११ को भने पठनपाठन शुरु नगरिएको उनले जानकारी दिए ।  “एक दिनको अन्तर राखेर विद्यार्थी पढ्न आउँछन्, एउटा कक्षामा कम्तीमा २५ जनासम्म विद्यार्थी, एउटा बेन्चमा दुई जना मात्रै राखेर कक्षा सञ्चालन गरिएको छ”, प्रधानाध्यापक न्यौपानेले भन्नुभयो । विद्यालयले  थर्मलगनले ज्वरो नाप्ने र घरबाट आउँदाजाँदासमेत विद्यार्थीलाई अनिवार्यरूपमा दूरी कायम गर्न लगाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x