×

NMB BANK
NIC ASIA

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्ने सुनौलो अवसर : ज्ञवाली

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई शनिवार सम्बोधन गर्दै उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य तीव्र गतिमा भइरहेको जानकारी गराउँदै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गरे । ‘विदेशमा अलपत्र नागरिक फर्काउने क्रममा केही कठिनाइ भएको छ, असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्दछु,’ उनले भने । उनले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरी करीब १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल उनीहरुलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताए । नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकाले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि मन्त्री ज्ञवालीले आग्रह गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपाली लगानी गर्न इच्छुक रहेकाले लगानीको वातावरण सहज बनाइदिन आग्रह गरे । संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले अस्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई त्यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गरे ।

संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै ‘स्मार्ट एनआरएन’ अवधारणालाई लागू गर्न लागिपरेको जानकारी गराए । उनले नेपालको आर्थिक समृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपाली लागिपरेको बताए । म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौला लगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको समृद्धिमा लगाउनुपर्नेमा जोड दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x