×

NMB BANK
NIC ASIA

एम्बुलेन्स लिएर वडाध्यक्ष नै संक्रमितको घरमा

असोज १०, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सप्तरीको खडक नगरपालिका–८ स्थित संक्रमित पत्रकारको घरमा साइरन बजाउँदै २ एम्बुलेन्स र एक प्रहरी भ्यान गएर बिहान टक्क रोकियो ।

Muktinath Bank

वडा नम्बर ८ का वडाध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली बिहान ११ः०० बजे संक्रमित पत्रकारको घर पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ कोठाको अलग/अलग ओछ्यानमा ६ जना आइसोलेट भई बसेका थिए । राजविराजबाट प्रकाशित हुने एक दैनिक पत्रिकाका सम्पादक ४ दिनअघि र उनकै पत्रिकाका सहसम्पादकसहित परिवारका सदस्यमा कोरोना पोजिटिभ पुष्टि भएपछि उनीहरू सिंगो घर आइसोलेट गरी बस्न थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा समेत जानकारी गराइएको ती पत्रकारकी दिदीले जानकारी दिइन् । कतिपय स्थानमा होम आइसोलेसनमा बसेका संक्रमितको घरमै गएर जनप्रतिनिधिले भेटेर हौसला दिने अभियान चलाएका छन् ।

Vianet communication
Laxmi Bank

प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि र स्वास्थ्य सावधानीका उपायको जानकारी सहितको स्वास्थ्य लाभको पत्र बोकेर जनप्रतिनिधिको टोली संक्रमितको घरमै पुगेर भेट्ने काम पनि भइरहेको छ ।

पत्रकारको घरमा अचानक एम्बुलेन्स, प्रहरी, सेनासहित पुगेका वडाध्यक्ष मियाँले होम आइसोलेसनमा बस्न पाइँदैन भन्दै दुव्र्यवहार गरे । संक्रमित पत्रकारका अनुसार वडाध्यक्षले राजविराजस्थित आइसोलेसन केन्द्र वा नगरपालिकाकै स्वास्थ्य चौकीमा आइसोलेट भएर बस्न निकै दबाब दिए ।
    
बाहिरी मानिसलाई प्रवेश निषेध गरी सिंगो घर नै आइसोलेट गरी सरकारी मापदण्ड अनुसार नै होम आइसोलेसनमा बसेकाले अन्तको आइसोलेसनमा जानु नपर्ने संक्रमित पत्रकारले अडान राखे । पत्रकारकी दिदीले पनि व्यवस्थित गरेर सिंगो घर नै आइसोलेसन बनाएर राखेकाले अन्त लैजाने दबाब नदिनु भनेर वडाध्यक्षलाई आग्रह गरिन् ।

त्यसपछि वडाध्यक्ष झन् ठूलो स्वरमा चर्कंदै वडाका अन्य संक्रमितलाई यसअघि संस्थागत आइसोलेसनमा पठाइएकाले घरमा बस्न नपाइने भनेर झगडा गर्न थालेको संक्रमितहरूले जनाएका छन् । वडाध्यक्ष मियाँले समुदायमा कोरोना संक्रमण नफैलियोस् भनेर राजविराज वा नगरपालिकाले निर्णय गरेको आइसोलेशन केन्द्रमा राख्न खोजेको बताए । उनले संक्रमण फैलिएमा सबैले आफैंलाई दोष दिने भएकाले सावधानी अपनाउन यसो गर्नुपरेको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x