‘सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेपनि आलोचना नै भयो’

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि आलोचना मात्र भएको बताएका छन् ।
 

Advertisement

साधना कला केन्द्रद्वारा आज आयोजित कार्यक्रमा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरूपमा आलोचना हुने गरेको गुनासो गरेका हुन् । कोभिड–१९ को महामारी रोकथाम गर्न जनताको साथको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न जनताको साथ अपरिहार्य छ ।” करिब १० लाखको पिसिआर परीक्षण गर्दा राज्यको ठूलो रकम सकिएको तर नियन्त्रणमा ल्याउन कठिनाई भएको उनको तर्क थियो ।
 

Advertisement

सो अवसरमा मन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेका छन् ।
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्