×

NMB BANK
NIC ASIA

पीसीआर परीक्षणका ‘भिटिएम’ किटको अभाव हुन थाल्यो

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भिटिएम’ किट को भक्तपुरमा चरम अभाव भएको छ ।

Muktinath Bank

    नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भिटिएम’ को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । उनले विगतमा दैनिक २०० देखि ३०० सम्म शङ्कास्पद तथा कन्ट्याक टे«सिङमा आएका व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दै आएकोमा किट अभाव हुँदै गएपछि अहिले नगन्य मात्रामा स्वाब सङ्कलन गर्ने गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भिटिएम’ किट नपठाउँदा अब स्वाब सङ्कलन नै रोकिने अबस्थामा पुगेको उनको भनाइ छ । कार्यालयले ल्याएको किट केही भक्तपुर अस्पताललाई, केही जिल्लाका अन्य अस्पताललाई तथा केही सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको बताउदै उनले अब किट दिन सक्ने अवस्थामा नभएको प्रमुख मिजारले बताए । प्रदेश सरकारसँग पटक पटक किट माग गरेको र नपठाएपछि यसको अभाव भएको बताइएको छ । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनमा समस्या आए कोरोना महामारी फैलिने जोेखिम बढ्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

    कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् । उनले स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई किटलगायत अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा नदिएको बताउँदै अस्पताल आफैले किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्दै आएको बताइन्  । केहीदिन अगाडि मात्रै २०० थान किट अस्पतालले खरिद गरेको उल्लेख गर्दै उनले यो सकिने बित्तिकै अरु किट पनि खरिद गर्ने तयारी गरेको बताइन् । अत्यावश्यक एवं शंकास्पद बिरामीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन रोक्न नहुने बताउदै उनले विगतमा एकैदिन २५० जनासम्मको स्वाब सङ्कलन गरेकोमा अहिले भने सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्ने भनेपछि पीसीआर टेष्ट हटाएको जानकारी दिइन् ।
    
    मध्यपुरथिमि नगरपालिकाले भने केही दिन अघि मात्रै रु ४० लाख मूल्य बराबरको ‘भिटिएम’ किट खरिद गरेको छ ।

Vianet communication
Laxmi Bank

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x