×

NMB BANK
NIC ASIA

ज्यान बच्यो, बास बग्यो

असोज ११, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

एक्कासि जमिन हल्लिएपछि शुक्रबार दिउँसो तुलसा अधिकारी भागिन् । छोराछोरी र अन्य छिमेकीलाई हाँक हालिन् । फर्केर हेर्दा पूरै घर पहिरोले बगाइसकेको थियो ।

Muktinath Bank

पहिरोले अर्घाखाँचीको शीतगंगा–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर बस्नै नमिल्ने गरी भत्किएका छन् । ‘दौडिँदा मोबाइल पनि हराएछ, खाली खुट्टा भाग्यौं,’ अधिकारीले भनिन्, ‘अन्नपात, लत्ताकपडा, गरगहना, भैंसी र बाख्रा नोक्सान भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको ५ जनाको परिवार अहिले चौरमा छ । ‘कहाँ बस्ने, के खाने कुनै टुंगो छैन, शरीरको लुगाबाहेक केही छैन,’ उनले भनिन्, ‘न बास न गाँस भयो । कस्तो विपद् आइलाग्यो ।’ ताराबहादुर नेपालीले प्रतीक्षालयमा रात बिताए । ‘घरगोठ, खेतबारी भत्कियो,’ उनले भने, ‘भिरालो बस्ती पनि होइन, ठूला खाल्डाखुल्डीसहित जमिन भासिएर पहिरो गयो ।’ ऋण काढेर जोडेको खेतबारी र अन्नबाली बगेको उनले बताए । गाउँको ७ सय रोपनी क्षेत्रफलभन्दा धेरै खेतीयोग्य जमिन पहिरोले पुरिएर, बगेर र भासिएर नोक्सान भएको छ । बचेको खेतबारी पनि चिरा परेको छ ।


Advertisment
Nabil box
Kumari

उक्त बस्तीका १७ घर एकैचोटि बगेका हुन् । यहाँका बासिन्दा घर र मेलामा व्यस्त थिए । ९९ जना भागेर सुरक्षित भए । पहिरो स्थल आसपास क्षेत्रका १८ घरपरिवारलाई उच्च जोखिममा भएकाले अन्यत्र सारिएको छ । रातभर चौर, रजिया माविको भवन र केही घरमा बसेर विस्थापितले रात बिताए । विस्थापित परिवारका लागि यस क्षेत्रको खाली जग्गा खोजेर एकीकृत बस्तीको विकास गरिने शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

Vianet communication
Laxmi Bank

साढे २ महिनादेखि विद्यालयमा बास

गुल्मीको मुसीकोट नगरपालिका–२, मुसीकोट गाउँका गोविन्द सार्कीको घर गत असार १८ गते राति पहिरोले भत्कायो । त्यसपछि उनको परिवारको बास स्थानीय विद्यालयमा छ । गोठ बगाउँदा उनका भैंसी र बाख्रासहित ३५ चौपाया मरे ।

परिवारका पाँच जनाले भागेर ज्यान जोगाए । उक्त पहिरोले गाउँ चिरा परेको छ । भिरालोमा बस्ती भएकाले बग्ने खतरा छ । उनी मात्र होइनन्, घर बगेपछि साढे दुई महिनादेखि मुसीकोटका १६ परिवारको विद्यालयमै बास छ । ‘भागेर ज्यान बच्यो, घरगोठ र सम्पत्ति रहेन,’ गोविन्दले भने, ‘दुःख गरेर जोडेको सम्पत्ति पहिरोले लग्यो । अन्नपात, लत्ताकपडा, गरगहना नष्ट भए ।’ उनका अनुसार एक लाख मूल्यका खसीबोका र कुखुरा थिए । एक लाख रुपैयाँ मूल्य पर्ने दुहुनो भैंसी पनि माटोमुनि पुरिएको उनले सुनाए । पहिरोमा परी यहाँ एक जनाको ज्यान गएको थियो । मुसीकोटसित सीमा जोडिएको इस्मा गाउँपालिका–१ का तीन जनाको मृत्यु भएको थियो ।

अब विद्यालयमा पढाइ हुने भएपछि कहाँ गएर ओत लाग्ने भन्ने चिन्ताले विस्थापितलाई सताउन थालेको छ । ‘घर आधा चर्केको छ, घरभित्र र बाहिर जमिन चिरा परेको छ,’ विस्थापित नन्दबहादुर सार्कीले भने, ‘कतिबेला पहिरोले बगाउने हो, टुंगो छैन । पूरै गाउँ छियाछिया परेको छ, कहाँ गएर बस्नु ?’ यहाँका ढालबहादुर खत्रीको १० जनाको परिवार मुसीकोटदेखि केही पर देउराली गाउँमा आधा घर मागेर बसेका छन् । ‘भैंसी, बाख्रा, कुखुरा सबै यहीँ ल्याएको छु, उतिबेला चर्किएको गोठ अहिले आधा ढलिसक्यो, पहिरो बग्दै रोकिँदै गरेको छ,’ उनले भने । अब त्यहाँ गएर बस्न सक्ने अवस्था नभएको उनले बताए । ‘सुक्खा हुँदा भत्किँदैन, पानी पर्दा थोरै, थोरै भत्किरहन्छ, त्यस्तो ठाउँमा कसरी बस्ने ? जोखिम छ,’ उनले भने । पानी नपरेका बेला उनले घरको सबै सामान सार्न भ्याएको बताए ।

लगातार परेको अविरल वर्षाका कारण जमिन चिरा पर्ने र भत्किने गरेपछि यहाँका २० घरपरिवार विस्थापित भएको वडाध्यक्ष लक्ष्मण खत्रीले बताए । उनका अनुसार पूरै वडा पहिरोले छियाछिया भएकाले बसाइँ सार्नुको विकल्प छैन । मुसीकोटका प्रमुख सोमनाथ सापकोटाले विस्थापितलाई अन्यत्र सार्न ठाउँको खोजी भइरहेको बताए । ‘त्यहाँ बस्न लायक छैन, अन्यत्र जग्गा खोजेर एकीकृत बस्ती विकास गरी प्रदेश सरकारको सहयोगमा घर निर्माण गर्ने योजना छ, अझै सबैलाई जग्गा पाइएको छैन,’ उनले भने । पहिरोबाट विस्थापितलाई खाने र बस्ने व्यवस्था मिलाएको उनले बताए ।

बाढीको वितण्डा
तीन दिनदेखिको अविरल वर्षापछि रूपन्देहीको तिनाउ नदीमा आएको बाढीले बगाएर बुटवलकी एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी बुटवलका डीएसपी प्रतीतसिंह राठौरका अनुसार शुक्रबार राति घरबाट निस्किएकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको नदीले बगाएर मृत्यु भएको हो । उनको शव शनिबार बिहान बुटवल–१५ चंकीपुरस्थित दानव नदीमा फेला परेको हो । गत असोज ७ गते हराएको भनी निवेदन दर्ता भएका तिलोत्तमा नगरपालिका–२ का २९ वर्षीय राजेन्द्र पौडेलको पनि शनिबार शव फेला परेको छ । डीएसपी राठौरका अनुसार तिलोत्तमा–२ स्थित तपाहा नहरमा शव फेला परेको हो ।

शुक्रबार राति तिनाउलगायत विभिन्न खोलामा आएको बाढीले दर्जनौं बस्ती डुबेका छन् । रूपन्देहीमा शनिबार दिउँसोसम्म २४ घर भत्किएका छन् । १७ घर बगाएको छ भने ६ जना घाइते भएका छन् । बाढीले दर्जनौं घरपरिवार विस्थापित हुनुका साथै एक सयभन्दा बढी घर डुबानमा परेका छन् । दानव नदीमा आएको बाढी बस्तीमा पस्दा सम्मरीमाई गाउँपालिका देबन्डीका पर्वावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएका छन् । उनीहरूको भीम अस्पताल भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

दानव नदीमा आएको बाढीले रूपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई, मायादेवी, मर्चवारी, कोटहीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ दर्जनभन्दा धेरै कच्ची घर भत्केका छन् । पसाएको सयौं बिघा धान खेत डुबानमा परेर जलमग्न भएको छ । सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले वडा ५, ७ र ३ मा धेरै क्षति पुगेको बताए । मर्चवारी गाउँपालिका– १, ३, ६ र ७ मा धेरै क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले दुई दर्जनभन्दा धेरै कच्ची घर भत्किएको र कैयौं स्थानमा धानसहितको खेत डुबानमा परेको बताए । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले वर्षा र बाढीले मानवीय क्षति नभएको तर केही कच्ची घर र धानखेतमा क्षति पर्‍याएको बताए । कान्तिपुर दैनिकमा अमृता अनमोल र सन्जु पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x