बोनितालाई गोलकिपर्स ग्लोबल गोल प्रोग्रेस अवार्ड

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 नेपालकी बोनिता शर्माले यस वर्षको २०२० ‘गोलकिपर्स ग्लोबल गोल प्रोग्रेस अवार्ड’ जितेकी छन् ।

विश्वकै सबैभन्दा धनी व्यक्ति विलगेट्स र उनकी पत्नी लिन्डाले स्थापना गरेको गेट्स फाउन्डेसनले दिने यस वर्षको युवातर्फको उक्त अवार्ड शर्माले जितेकी हुन् ।


Advertisement

कोभिड–१९ को महामारीबीच पनि नेपाली आमा र शिशुको पोषण स्वास्थ्य सुधारका लागि सक्रिय रहेर पु¥याएको योगदानको कदर गर्दै शर्मालाई यो अवार्ड दिइएको गेट्स दम्पतीले जानकारी दिएका छन् ।

विश्वलाई आवश्यक रहेको यस्तो समयमा ऊर्जाशील कार्यमा सक्रियता, सहकार्य र नवीनतातर्फ उन्मुख रहेर काम गरेकोमा शर्माको सराहना गेट्स दम्पतीले गर्नुभएको गरेका छन् । साथै शर्माले गरेको कार्य अन्यत्र उदाहरणका रूपमा प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको समेत उनीहरूले जनाएका छन् ।


Advertisement

यस अवार्डसँगै बोनिताले दस हजार अमेरिकी डलर प्राप्त गरेकी छन् । फाउन्डेसनले हरेक वर्ष तीन जना युवा र एक जना पहिचान प्राप्त उच्च व्यक्तित्वलाई अवार्ड दिने गर्छ । गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो अवार्ड गरेकी थिइन् ।

दिगो विकासको लक्ष्य एजेन्डा २०३० लाई लक्षित गर्दै त्यसलाई प्राप्त गर्न गरिएका गतिविधि र यसअघिको सामाजिक कार्यको समेत मूल्याङ्कन गर्दै अवार्ड दिइने गरिन्छ ।

“पहिले र अहिले जारी राखेको महिला र बालबालिकाको स्वास्थ्य र पोषणका लागि गरेको कामबाट अवार्ड हात पारेकी हुँ,” शर्माले भनिन्। सामाजिक सहकार्यका लागि पिता कृष्णमुरारी भण्डारी र आमाको सहयोग आफ्ना लागि महत्वपूर्ण रहेको उनी सुनाउँछिन् ।

कोरोना महामारीबीच पनि ललितपुरका विकट स्थानका सुत्केरीलाई ज्वानो, दाल, चामल, गेडागुडी र अन्य स्वास्थ्य सामग्री शर्माले घरघरमै पुर्‍याएकी थिइन् । गत वर्ष पनि शर्माले समुदायका लागि पोषण माला र महिनावारी माला बनाएर योगदान दिएबापत ५० हजार डलर बराबरको अवार्ड जितेकी थिइन् । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्