ओली–प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन सक्ने

फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको नेकपा उच्च स्रोतले जानकारी दियो ।


Advertisement

स्रोतका अनुसार ओली-प्रचण्ड छलफलपश्चात तत्काल (आजभोलि)मै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना बढेको छ ।

'सकेसम्म आजै, नभएमा भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन भइसक्छ,' उच्च स्रोतले लोकान्तरसँग भन्यो । दुई अध्यक्षबीच तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति जुटेको स्रोतको दाबी छ ।


Advertisement

नेकपा सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सोही अनुसार अध्यक्षद्वय बीच बिहीवार र शुक्रवार पनि पनि छलफल भएको थियो । 

अध्यक्षद्वय बीच रिक्त संवैधानिक आयोगहरूमा नियुक्ति बारे समेत छलफल भएको बताइएको छ ।

यसैबीच आइतवार मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमै मन्त्रिपरिषद् पुनर्गठनको संकेत गरेका थिए । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्