ड्रग्सबारे अनुसन्धान चल्दै गर्दा किन रोइन् दीपिका ?

शनिवार दीपिका पादुकोणसँग एनसीबीले ड्रग्स प्रकरणबारे सोधपुछ गरेको थियो । सो क्रममा उनले कतिपय प्रश्नको जवाफ दिन आनाकानी गरेको बताइएको छ । 

रिपोट्र्सका अनुसार, एनसीबीका अधिकारीहरूमाथि दीपिकाले इमोशनल कार्ड दिने प्रयास गरिन् । 


Advertisement

उनले सोधपुछकै क्रममा ड्रग्ु च्याटमा आफू संलग्न भएको स्विकार गरिन् । यद्यपी आफैंले ड्रग्स लिएकोबारे भने अस्विकार गरिन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले दीपिकासँग शनिवार करिब ६ घन्टा लामो कुरा गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 


Advertisement

सोधपुछका क्रममा दीपिका ३ पटक रोएको समेत खबरमा उल्लेख गरिएको छ । 

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा नेपोटिजम र ड्रग्स प्रकरण चर्चामा छ । 

ड्रग्स प्रकरणमा अभिनेत्रीहरू तानिएका छन् भने केही निर्मातासमेतलाई हिरासतमा राखिएको छ । 

एनसीबीले अझै पनि ड्रग्स प्रकरणबारे अनुसन्धान गरिरहेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्