चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नुपर्दा किसान मर्कामा परेका छन् ।
गतवर्ष रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिकटन उत्पादन भएकामा अज्ञात रोगले यसवर्ष १३ मेट्रिकटन मात्र उत्पादन भई झण्डै रु एक करोड हाराहारीको नोक्सान भएपछि किसान मर्कामा परेका हुन् । उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिकटन मात्र बाँकी रहेको छ ।
यसवर्ष रु ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिकटन मात्र जापान, कोरिया र अष्ट्रेलिया निर्यात भएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले बताए ।
गत वर्ष उत्पादित ३० मेट्रिकटन कफीमध्ये १०.३ मेट्रिकटन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो । यसवर्ष कोभिड–१९ महामारीका कारण गएको चैत ११ गतेदेखि देशमा लकडाउन (बन्दाबन्दी) भएकाले दुई मेट्रिकटन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताए ।
जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ । गत वर्षको हिउँदमा औसत भन्दा बढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसान चिन्तित बनेका थिए । किसानको गुनासो आउन थालेपछि सङ्घबाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मन्त्रालयको बाली विज्ञान महाशाखामा नमूना सङ्कलन गरी पठाइएको थियो । उक्त महाशाखाका वैज्ञानिकले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए ।
निरीक्षणबाट खासै उपलब्धी हासील हुन नसकेपछि रोगी बिरुवालाई हटाएर स्वास्थ बिरुवा रोप्नुका साथै पर्याप्त कम्पोस्ट मल राखेपछि २५ प्रतिशत रोग नियन्त्रणमा आएको कृषि विज्ञ एवं कफी सहकारी सङ्घका केन्द्रीय उपाध्यक्ष सुदर्शन वोलखेले बताए ।
जिल्ला कफी सहकारी सङ्घका सल्लाहकारसमेत रहनुभएका बोलखेकाअनुसार कफीलाई समय समयमा काँटछाँट र मलखाद दिनुपर्ने भएकाले कफी खेतीप्रति अभिरुची राख्ने किसानलाई आवश्यक जानकारी दिइँदै आएको छ ।
विसं २०६५ मा जिल्ला कफी सहकारी सङ्घको स्थापना भएपछि यहाँ उत्पादित कफी विदेश निर्यात हुँदै आएको छ । यहाँको हावापानीअनुसार सर्वोत्तम मानिएको बोर्वन प्रजातिका अराबिक कफीका बिरुवा लगाइएको छ । अरूको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको उक्त प्रजातिका कफी विदेशमा अत्याधिक रुचाइने गरेको पाइएको छ । प्राङ्गारिक प्रमाण पत्रको आधारमा १४ देखि १६ मिलिमिटरको कफी मात्र विदेश निर्यात हुँदै आएको छ ।
गाउँघरमा युवा जनशक्तिको अभाव भएको अवस्थामा कफी खेती गर्न सहज हुनुका साथै नगदेबाली भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् । कफी सदाबहार बिरुवा भएकाले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्न सघाउ पु¥याउँछ । एक पटक लगाएको स्वस्थ बिरुवाले कम्तीमा ४० वर्षसम्म उत्पादन दिने र वृद्धवृद्धा र केटा केटीले दाना टिप्न सक्ने भएकाले यसलाई सजिलो खेतीको रुपमा लिइन्छ ।
कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा बाली विविधीकरणअन्तर्गत केरा तथा अन्य फलफूल साथै खाली जमीनमा अदुवा खुर्सानी र बेसार खेती गरी अतिरिक्त आम्दानी लिन सकिन्छ । वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न थालेपछि यसतर्फ किसानहरु आकर्षित भएका हुन् ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...