जुम्लाको विमानस्थल विस्तार गरिने

फाइल तस्वीर

हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ ।

चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो  ।


Advertisement

धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

 उनले भने, “विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।”


Advertisement

त्यसैगरी विमानस्थल विस्तार गर्नका लागि रु एक करोड बजेट विनियोजना भएको जनाइएको छ ।

विमानस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।  चालू आवमा खर्चतर्फ  कार्यालय सञ्चालनका लागि रु २९ लाख ६० हजार बजेट विनियोजना भएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्