सरकारले गर्‍यो नार्कमा नयाँ नियुक्ति र नेपाल-इजरायल कृषि प्रविधि हस्तान्तरण सम्झौता

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद् 'नार्क'को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्ति र नेपाल-इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्झौता गर्ने निर्णय गरेको छ । 

अपराह्न १२ बजे बोलाइएको बैठकले भण्डारीको नियुक्ति र इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्झौता गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए ।


Advertisement

भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारीको पदमा थिए । ६ महिनाभन्दा बढी कायममुकायम हुन नसक्ने भएकाले सरकारले उनैलाई प्रमुख नियुक्त गरेको हो। 

त्यस्तै नेपाल–इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्झौतामा हस्ताक्षर गर्ने जिम्मा इजरायलका नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिने निर्णय भएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्